default_image

अन्तर्राष्ट्रिय

February 25, 2017

प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुद बन्दै चेल्सी

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा तीन सयौं खेल खेल्दै सेस फेब्रिगासले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोगी भूमिका निर्वाह गरेपछि प्रिमियर लिगको शीर्ष टोली चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले हराएको छ । शनिबारको नतिजापछि चेल्सीले ११ अंकको स्पष्ट अग्रता लिएको छ । प्रिमियर लिगमा तीन सय खेलको कोसे ढुंगा पुरा गर्ने पहिलो खेलाडी बनेका […]

ranieri

February 24, 2017

प्रिमियर लिग विजेता लेस्टरका प्रशिक्षक रानिरी बर्खास्त

लेस्टर (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टर सिटीले लगातार खराब प्रदर्शनपछि प्रशिक्षक क्लाउडियो रानिरीलाई बर्खास्त गरेको छ । रानिरीको नेतृत्वमा गत सिजन अविश्वसनीय रुपमा इतिहास कायम गर्दै प्रिमियर लिगको उपाधि जितेको लेस्टर जारी सिजनमा भने रेलिगेसनमा पर्ने खतरा पर्ने सम्भावना देखिएको छ । सन् २०१५ मा लेस्टरमा आबद्ध भएका ६५ बर्षिय रानिरीलाई हटाएपछि नयाँ […]

ronaldo

February 21, 2017

विश्व कप विजेता रोनाल्डोले कपालको रहस्य खोले

ब्राजिल (एजेन्सी)– ब्राजिलका महान खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ विश्व कपमा अनौठो कपाल राख्नुको रहस्य खोलेका छन । गोल गर्न माहिर रोनाल्डाको कपालको शैलीले कोरिया–जापानमा संयुुक्त रुपमा आयोजना भएको विश्वकपमा निकै चर्चा पाएको थियो । कतिले उनको कपालको शैलीको कतिले हासो बनाएका थिए । रोनाल्डोले धेरैपछि उक्त कपाल कटाइको शैलीका बारमा मुख खोलेका छन् । […]

February 20, 2017

अन्तिम समयमा मेस्सीको पेनाल्टी गोलले बार्सिलोना विजयी

बार्सिलोना (एजेन्सी) – लियोनल मेस्सीले ९० औँ मिनेटमा पेनाल्टीमा निर्णायक गोलले बार्सिलोनाले घरेलु मैदानमा लेगानेसलाई २-१ ले हराउदै ला लिगामा महत्वपुर्ण ३ अंक जोडेको छ । बार्सिलोनाको जितमा पहिलो गोल पनि अर्जेन्टिनी स्ट्राइकर मेस्सीले गरेका थिए । खेलको चौथो मिनेटमा मेस्सीले पहिलो गोल गरेका थिए । लुइस स्वारेजले दाँयाबाट दिएको राम्रो पासलाई ट्याप गर्दै मेस्सीले […]

Sri lanka gunaratne

February 20, 2017

अष्ट्रेलिया विरुद्ध श्रीलंकाको लगातार दोस्रो जित

गुनारत्नेको लगातार राम्रो प्रदर्शन भिक्टोरिया(एजेन्सी) – अन्तिम दुइ ओभरमा ३६ रन पछ्याउन सफल श्रीलंकाले अष्ट्रेलिया बिरुद्ध लगातार दोस्रो जित हासिल गर्दै तीन टि-२० खेलको शृंखलामा कब्जा जनाएको छ । दोस्रो खेलमा पनि टस जित्दै श्रीलंकाले पुन: अष्ट्रेलियालाई ब्याटिङ गर्न निम्त्याएको थियो । पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १७३ रन […]

smith-doni

February 19, 2017

धोनीलाई पुनेको कप्तानीबाट हटाउदै स्मिथलाई जिम्मेवारी

पुने (एजेन्सी ) – इन्डियन प्रिमियर लिगको दशौं संस्करणकालागी पुनेले धोनीको ठाउमा अष्ट्रेलियान कप्तान स्टेभेन स्मिथलाई कप्तानको स्थान दिएको छ । धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको कप्तानीबाट सन्यास लिएको लगभग दुई महिना नपुग्दै पुनेले आइपिएल अक्सनको पुर्वसन्ध्यामा धोनी आगामी सिजन कप्तान नरहने निर्णय सार्वजनिक गरेको हो । धोनी कप्तानबाट हटाइएपनी टोलीको महत्वपुर्ण सदस्य रहने राइजिङ पुनेका मालिकले […]

gunaratne

February 17, 2017

अन्तिम बलको रोमाञ्चक खेलमा श्रीलंकासँग अस्ट्रेलियाको हार

मेलबर्न (एजेन्सी)– अष्ट्रेलियाबिरुद्ध को तीन टि ट्वान्टी शृंखलाको पहिलो खेलमा पाहुना टोली श्रीलंकाले जित हासिल गरेको छ । निकै नै रोमाञ्चक खेलमा श्रीलंकाले अन्तिम बलमा पुगेर ५ विकेटको जित निकालेको हो । टस जितेको श्रीलंकाले पहिले ब्याटिङ गर्न निम्त्याएपछि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६८ रन बनाएको थियो । कप्तानी पारी […]

February 17, 2017

इब्राहिमोभिकको ह्याट्रिकमा युनाइटेडको जित

लन्डन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिकको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा सेन्ट इटिनीलाई ३–० ले पराजित गरेको छ । १५ औं मिनेटमा पहिलो गोल गरेका इब्राहिमोभिकले दोस्रो गोल ७५ औं मिनेटमा गरे । उनले खेल सकिन २ मिनेट अघि पेनाल्टीमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । अर्को इङ्लिस टोली टोटेनह्याम […]

sanchez

February 16, 2017

च्याम्पियन्स लिगमा बायर्नसँग आर्सनलको लज्जास्पद हार

म्युनिख (एजेन्सी)– च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा गएराती बायर्न मुनिखले आर्सनलमाथी ५–१ को फराकिलो अन्तरको जित हासिल गरेको छ । पहिलो हाफमा १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा बायर्न पूर्ण रुपमा हावी रह्यो । घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउँदै अघि बढ्न आर्सनलका लागि असम्भव प्राय देखिएको छ । खेलको ११ […]

cristano-ronaldo

February 16, 2017

च्याम्पियन्स लिगमा रियल मड्रिडको जित, रोनाल्डोको गोल खडेरी लम्बिदै

मड्रिड (एजेन्सी)– रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा नापोलीलाई ३–१ ले हराएको छ । रियलले १–० ले पछि परेको अवस्थाबाट खेलमा पुनरागमन गर्दै सफलता प्राप्त गरेको थियो । खेलको पहिलो आठौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै पाहुना टोली लाई अग्रता दिलाएका थिए । तर त्यो लामो समय टिकाउन टोली असफल भयो । […]

Success

Thank you for your time.