default_image

अन्तर्राष्ट्रिय

xabi-alonso

March 9, 2017

अलोन्सोको सिजनको अन्त्यबाट सन्यास लिने

म्युनिख (एजेन्सी) – बायर्न म्युनिखका मिडफिल्डर जाबी अलोन्सोले सिजनको अन्त्यबाट खेल जीवनबाट सन्यास लिने सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । केहि समय यता सन्यासको चर्चा चलेपनि उनले बिहीबार ट्विटमार्फत पुष्टि गरेका छन् ।  ३५ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सो रियल सोसिडाडबाट लिभरपुल , रियल मड्रिड हुदै बायर्न म्युनिखबाट व्यावसायिक खेल जीवन अघि बढाएका थिए । […]

March 9, 2017

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बार्सिलोना (एजेन्सी) – अन्तिम ८ मिनेटमा ३ गोल गरेपछि पहिलो लेगमा ४–० ले पछि परेको स्थितिलाई उल्टाउँदै बार्सिलोनो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । घरेलु मैदान क्याम्प नोउमा गए राती पेरिस सेन्ट जर्मेन( पिएसजी) लाई ६–१ ले हर्रापछि बार्सिलोना समग्रमा ६–५ को अग्रतासहित अन्तिम आठमा पुगेको हो । खेलको अन्तिम ८ मिनेटमा टोलीले ३ गोल […]

barcelona-messi-neymar-suarez

March 8, 2017

बार्सिलोनाले ४–० को नतिजा उल्टाउन सक्ला ?

बार्सिलोना (एजेन्सी)– बार्सिलोना यसपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सक्ला भन्ने कौतुहलताको विषय रहेको छ । पिएसजी विरुद्ध च्याम्पियन्स लिगअन्तर्गत १६ को पहिलो लेग ४–० ले गुमाएको बार्सिलोनालाई अघिल्लो चरणको यात्रा कठिन छ ।  तर, टोलीका प्रशिक्षक लुइस एन्रिकेलाई आफ्नो टोली प्रति पुरा विश्वास रहेको बताउँछन् । उनले भने,‘ हामी नतिजा उल्टाउँदै प्रतियोगितामा अघि बढ्नेछौं । […]

gareth-bale-ronaldo-madrid

March 7, 2017

च्याम्पियन्स लिगमा नापोलीले रियललाई निम्ताउदै, रोनाल्डो फिट

नेपल्स (एजेन्सी)– च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा आज राती नापोलीले रियल मड्रिडलाई घरेलु मैदान ‘स्टेडिया सान पोलो’ मा निम्ताउदै छ । पहिलो लेगमा ३–१ ले पछि परेको नापोली घरेलु समर्थक माझ नतिजा उल्टाउने दाउमा हुनेछ । सामान्य चोटका कारण बाहिरिएका ड्राइस मर्टेन्स घरेलु टोली का लागि मंगलबारको खेलमा फर्कने भएका छन् । […]

March 7, 2017

भारतको शानदार जित

एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्ट अन्तर्गत चौथो दिनमै भारतले अष्ट्रेलियाविरुद्ध ७५ रनको जित दर्ता गरेको छ। पहिलो टेष्टमा ३३३ रनको हार व्येहोरेको भारतले यस खेलमा पनि सुरुवात राम्रो गर्न सकेको थिएन। तर, अन्तिम दुई दिनमा राम्रो प्रदर्शन गरेपछि भारतले शृंखला १-१को बराबरीमा ल्यायो। चौथो दिनको सुरुवातमा २१३/४को स्थितिमा रहेको भारतले चेतेश्वर पुजाराको […]

March 7, 2017

प्रिमियर लिगमा चेल्सी पुनः१० अंकले अगाडि

लन्डन (एजेन्सी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीले अंकतालिकामा पुनः १० अंकको अग्रता लिएको छ । गएर ाती लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले हराएपछि चेल्सीले अग्रतालाई पुनः फराकिलो बनाएको हो । खेलको सुरुआतमा चेल्सीले लय समात्न सकेको थिएन । तर, इडन हाजार्डले काउन्टर एट्याकमा २५ औं मिनेटमा गोल गरेपछि चेल्सीले खेलमा पकड बनाएको थियो […]

March 6, 2017

लन्डन डर्बीमा चेल्सी र वेष्ट ह्याम भिड्दै

एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती हुने खेलमा प्रिमिएर लिगको अंक तालिकाको शिर्षस्थानमा रहेको चेल्सी र ११औं स्थानमा रहेको वेष्ट ह्याम आमनेसामने हुँदैछन्। पछिल्लो २० लिग खेलमध्य १७ खेलमा जित हात परेको चेल्सीले लन्डन डर्बीमा अर्को क्लब वेष्ट ह्यामसंग भिड्दैछ। २० जित र ३ बराबरीसहित ६३ अंक जोडेको चेल्सी जितसंगै शिर्षस्थानमा आफ्नो पकड […]

March 6, 2017

भारतको सुधारिएको प्रदर्शन

एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्टको तेश्रो दिन भारतले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने संकेत देखाएको छ तेश्रो दिनमा भारतले अष्ट्रेलियालाई अलआउट गर्दै आफ्नो ब्याटिङमा राम्रो सुरुवात गरेको हो। तेश्रो दिनको खेल २३७/६को स्थितिमा सुरु गरेको अष्ट्रेलिया आफ्नो पहिलो इनिङमा २७६ रन जोड्दै अलआउट भयो। अष्ट्रेलियालाइ अलआउट गर्न जडेजाले दिनको पहिलो सत्रमै तिन […]

city

March 6, 2017

प्रिमियर लिगमा सिटी र टोटेनह्याम विजयी

लन्डन (एजेन्सी)–इङ्लिस प्रिमियर लिगमा आइतबार अलग अलग खेलमा टोटेनह्याम हटस्पर्सले र म्यानचेस्टर सिटी विजयी भएका छन् । टोटनह्यामले एभेर्टनलाई ३–२ ले र सिटीले सन्डरल्यान्डलाई २–० ले पराजित गरेको थियो । ह्यारि केनको गोलबाट अग्रता लिएको स्पर्सका लागि उनले नै गोल अग्रता दोब्बर पारेका थिए । केनले पहिलो गोल २० र दोस्रो गोल ५६ औं मिनेटमा […]

March 5, 2017

भारतविरुद्ध अष्ट्रेलियाको बलियो प्रदर्शन जारी

एजेन्सी – भारत र अष्ट्रेलियाबीच बेंगलोरमा भइरहेको दोश्रो टेष्टको दोश्रो दिन पनि अष्ट्रेलियाले आफ्नो बलियो प्रदर्शनलाइ जारी राखेको छ। दोश्रो दिनको खेल  ४०/०को स्थितिमा सुरुवात गरेको अष्ट्रेलिया दोश्रो दिनको खेल समाप्त हुँदा २३७/६ को बलियो स्थितिमा रहेको छ। दिनको पहिलो विकेटका रुपमा ओपनर डेबिड वार्नर आउट भएका थिए। आश्विनको बलमा बोल्ड आउट हुनु अघि उनले […]

Success

Thank you for your time.