default_image

जुडो

December 25, 2019

सागकी स्वर्ण विजेता काजल र देविका सम्मानित

सिन्धुपाल्चोक (हाम्रो खेलकुद) –  १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता दुई खेलाडी काजल श्रेष्ठ र देविका खड्का बुधबार सम्मानित भएकी छन् । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाले सागमा स्वर्ण जित्न सफल तेक्वान्दोकी काजल श्रेष्ठ र जुडोकी देविका खड्कालाई जनही ५०–५० हजार रुपैया र सम्मानपत्रले सम्मानित गरेको हो । काजल श्रेष्ठ लिसंखुपाखर गाउँपालिका–५ जेठलकी तथा […]

December 9, 2019

जुडोमा पुनमलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी पुनम श्रेष्ठले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ४८ अौं स्वर्ण दिलाएकी छिन् । पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण पक्का गरेकी हुन् । यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गरेकी थिइन् । नेपालले जुडोमा दोस्रो स्वर्ण जितेको हो । १३ औं […]

December 8, 2019

साग जुडो – इन्द्र र सन्जित फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको आ आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । ६६ केजी तौल समूहको आइतबार भएको सेमिफाइनलमा पाकिस्तानका हसनलाई वाजरीमा १–० ले हराउँदै इन्द्र अन्तिम दुईमा पुगेका हुन् । त्यसअघि इन्द्रले श्रीलंकाका खेलाडीलाई २ मिनेट १८ मिनेट बाँकी रहँदा इप्पोनमा पराजित […]

November 25, 2019

गुमनाम फुपूल्हामु

सुबास हुमागाईं, काठमाडौं योजना अनुसार नै सबै चलेको हुन्थ्यो भने फुपूल्हामु खत्री अहिले १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउन जापानबाट नेपाल फर्किंदै हुन्थिन् । तर घरेलु मैदानमा दक्षिण एसियाको खेल महोत्सव आयोजना हुने मिति नजिकिंदै गर्दा नेपाली जुडोले पाएको सर्वकालीन उत्कृष्ट खेलाडी मध्यकी फुपूल्हामु गुमनाम छिन् । र त्यसको कारण हो उनीमाथि लागेको प्रतिबन्ध […]

October 17, 2019

विश्व जुडो च्याम्पियनसिप– सोनियालाई पहिलो बाउटमा सफलता

काठमाडौं (हाम्रो खेलकुद)– जुडोकी सोनिया भट्टले विश्व जुडो च्याम्पियनसिप जुनियरमा एक बाउट जितेकी छिन् । मोरक्कोमा जारी च्याम्पियनसिपमा बुधबार ४८ केजी मुनि तौल समूह आफ्नो पहिलो बाउटमा सोनियाले मोजाम्बिककी मन्मे जेन्नीलाई वाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेकी थिइन् । विश्व च्याम्पियनसिपमा एक बाउट जित्ने सोनिया पहिलो नेपाली खेलाडी हुन् । सोनिया दोस्रो बाउटमा भने जापानकी […]

October 12, 2019

विश्व च्याम्पियनसिपका लागि जुडो टोली मोरक्को जाने

काठमाडौं (हाम्रो खेलाडी)– दुई खेलाडीले मोरक्कोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर १६ देखि २० सम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले चुनौती प्रस्तुत गर्नेछन् । मनिताले ५६ केजीमुनि तौल समूह र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्ने छिन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न […]

August 22, 2019

विश्व जुडो च्याम्पियनसिपमा इन्द्र र मनिताले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै मोहन बमले पनि आफ्नो चुनौती पेश गर्नेछन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६० केजीमुनि मोहन बमले प्रतिस्पर्धा गर्नेछन् । मोहन अस्ट्रेलियाको मेलबर्नमा रहेकाले त्यत्तैबाट जापान […]

July 27, 2019

करातेका खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– बाल मन्दिर डोजोले शनिबार करातेका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेती, खेलाडी परशुराम बास्तोला, शुसिल पौडेल, रोहित बुढाथोकी, फिनचोक दोर्जे लामा रहेका छन् । उज्वेकिस्तानमा हालै सम्पन्न एकेएफ कराते च्याम्यिनसिपको एकल करातेमा परशुराम वरियताक्रममा एसियामा १३ औं र दक्षिण एसियामा शीर्षस्थानमा रहेका थिए […]

June 25, 2019

सावित्रा र सरस्वतीसँगै ५ खेलाडी वर्ष महिला खेलाडीको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलकी सावित्रा भणडरी र भलिबलकी सरस्वती चौधरीसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष महिला खेलाडीको मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि महिलातर्फ उत्कृष्ट खेलाडीको मनोनयन […]

June 25, 2019

पारस र सोमपालसँगै ५ खेलाडी वर्ष पुरुष खेलाडीको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सोमपाल कामीसँगै ५ खेलाडी मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो […]

Success

Thank you for your time.