4 years ago
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लेवनानमा आयोजना हुन लागेको एसियन÷ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि नेपाली जुडो टोलीको बिदाई गरिएको छ ।

चार खेलाडी, १ प्रशिक्षक र दुई अफिसियललाई आइतबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामनासहित बिदाई गरे । एसियन/ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिप २ देखि ५ नोभेम्वरमा लेवनानको वेरुतमा हुनेछ ।
खेलाडीमा देवकीमाया श्रेष्ठले जुनियर ५२ केजीमुनि, सुबोध मण्डलले जुनियर ६० केजीमुनि, निशा श्रेष्ठले क्याडेट ४८ केजीमुनि र ताराबहादुर भुजेलले क्याडेट ५५ केजीमुनि चुनौती पेस गर्नेछ । देवकी र सुबोधले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागिता जनाइसकेका छन् । निशा र ताराबहादुरको भने यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । चार खेलाडी असोजमा भएको छनोट प्रतियोगिताबाट छानिएका हुन् ।
नेपाल ओलम्पिक कमिटिका सचिव तथा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य विशेषज्ञका रूपमा सहभागी हुनेछन् । सोही दौरान उनले जुडो युनियन अफ एसिया (जेयूए) को कार्यकारी कमिटीको बैठकमा भाग लिनेछ । बज्राचार्य जेयूएको इजुकेसन एन्ड कोचिङ निर्देशक पनि हुन् । यस्तै सुप्रसिद्ध ताम्रकार खेलकुद निर्देशक तथा आईटी एक्सपर्टका रूपमा सहभागी हुनेछन् ।
बिदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, बाबु राजा महर्जन, नेपाल जुडो संघका उपाध्यक्ष सुरजकाजी डोटेल, संघका सदस्य तथा प्रशिक्षक सुर्यनारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]