April 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मनिता श्रेष्ठ प्रधान एसियन जुडो च्याम्पियनसिपमा पराजित भएकी छिन् । हङकङमा भएको प्रतियोगिताको ५७ केजी मुनिको तौल समूहको आफ्नो दोश्रो खेलमा मनिता कोरियाली खेलाडीसंग पराजित भएको प्रशिक्षक देवु थापाले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बताएको छ । त्यसअघि मनीताले पहिलो खेलमा भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् ।
April 17, 2024
काठमाडौं ( हाम्रो खेलकुद)- मनिता श्रेष्ठ प्रधानले हङकङमामा हुने एसियन जुडो च्याम्पियनसिपमा भाग लिने भएकी छन् । जुडो च्याम्पियन्सिपमा वैशाख ८ देखि ११ गतेसम्म हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले मनितासहित जुडो टोलीलाई बुधबार शुभकामनासहित विदाइ गरे । मनिताले ५७ केजी मुनिको तौल समूहमा […]
February 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)– च्याम्पियन्स मार्सल आर्टसले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता पुनम श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । उपचार गराइरहेकी पुनमलाई च्याम्पियन्स आर्टसकातर्फबाट निर्देशक सुशिला लामाले ५० हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । मार्सल आर्ट खेलको विकासका लागि सागका स्वर्ण पदक विजेता सुनिल लामासहित तेक्वान्दो खेलाडी पुष्प थापामगर, जुडो खेलाडी […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दाजु बहिनी इन्द्र बहादुर श्रेष्ठ र देवकी श्रेष्ठसँगै जुडोका ८ खेलाडी चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका छन् । नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष र महिलामा […]
June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साग स्वर्णधारी पुनम श्रेष्ठले बिसकेक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा आइतबार कांस्य जितेकी छन् । किर्गिस्तानको बिस्केकमा भएको महिला ७० केजीमुनिको प्रतिस्पर्धामा पुनमले रिपाचेमा किर्गिस्तानकी गुल्नुरलाई पराजित गरी कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा पुरुष ६६ केजीमुनि सहभागी इन्द्रबहादुर श्रेष्ठ दोश्रो चरणमा किर्गिस्तानसंग पराजित भए […]
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिया ओपन बिस्केक जुडो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ५ सदस्यीय नेपाली जुडो टोली बुधबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ । जुन ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा समान एक पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ७० केजीमुनि पुनम […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका इन्द्र बहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर १८औं राष्ट्रिय जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जितेकी थिइन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन बिहीबार ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडी स्वर्ण जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे । फाइनल जित्न इन्द्रलाई […]
March 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय जुडो संघ नेपाल र नेपाल जुडो संघको संयुक्त आयोजनामा राष्ट्रिय रेफ्रि सेमिनार, नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता तथा नेकोस छैटाैं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बुधबारदेखि आयोजना हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितासँगै सेमिनार १ देखि ४ चैतसम्म एमएमएसी हल खुशिवी नयाँबजारमा […]