default_image

सातौं राष्ट्रिय खेलकुद

Ranjan

December 23, 2016

युवराज खड्काको ह्याट्रीकमा एपिएफको सहज जित

सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद)– धरान स्थित एन्फा टेक्निकल सेन्टरमा भएको सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलमा  समुह ‘ख’को खेलमा एपिएफले मध्य पश्चिमाञ्चललाई ८-० ले हराएको छ । सशस्त्र प्रहरी बलको जितमा युवराज खड्काले ४ गोल गरे । सशस्त्र प्रहरी बल (एपिएफ)कालागी रञ्जन बिस्टले १० मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । १२ मिनेटमा चेतन […]

rekha-paudel APF women

December 23, 2016

महिला फुटबलमा आर्मिलाई हराउदै एपिएफ फाइनल प्रवेश

दिपेन्द्र  पोखरेल – दुहबी (हाम्रो खेलकुद) – सुनसरीको दुहबीमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बल(एपिएफ)ले आर्मिलाई ३-० ले हराउदै फाइनल प्रवेश गरेको छ । शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेलको सुरुवातमा आफ्नो पकड जमाउन सफल एपिएफले १८ मिनेटमा रेखा पौडेलको गोलमा अग्रता लियो […]

December 23, 2016

तस्बिरमा सातौं राष्ट्रिय खेलकुदको उद्घाटन

दिपेन्द्र पोखरेल बिराटनगर – पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ  । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक सुरुवात गरे लगतै ‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ बिराटनगरमा प्रतियोगिताको औपचारिक सुरुवात भएको हो ।

opening

December 23, 2016

सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात

बिराटनगर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ  । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक सुरुवात गरे लगतै ‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ बिराटनगरमा प्रतियोगिताको औपचारिक सुरुवात भएको हो । आगामी पुस १५ गतेसम्म चल्ने राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आयोजना हुनेछ । बिराटनगरमा राष्ट्रियपती […]

paras khadka

December 23, 2016

क्रिकेट: पहिलो खेलमा सशस्त्र प्रहरी बल विजयी

दीपेन्द्र पोखरेल (हाम्रोखेलकुद)- मोरङको बैझनाथपुर खेल मैदानमा जारी ७औ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रीकेटको पहिलो खेलमा सशस्त्र प्रहरी बल विजयी भएको छ। एपीएफले मध्य पश्चिमाञ्चलाई २६ रनले पराजित गरेको थियो। केही बेर अगी मात्र सम्पन्न भएको खेलमा मध्य पश्चिमाञ्चले टस जित्दै बलिङ गर्ने निर्णय लिएको थियो। सुरुमा ब्याटिङ गरेको एपिएफले पुर २० ओभर खेल्दै ४ […]

December 23, 2016

निम्ता नपाएका पूर्व सदस्य सचिव लामा सातौं राष्ट्रिय खेलकुदको उद्घाटनमा नजाने

काठमाडौं (हाम्रो खेलकुद)– औपचारिक निमन्त्रणा प्राप्त नपाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामा सातौं राष्ट्रिय खेलकुदको उद्घाटनमा नजाने भएका छन् । पूर्वाञ्चलको विराटनगरमामा सातौं राष्ट्रिय खेलकुदको आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । अघिल्लो राष्ट्रिय खेलकुद खेलकुदका हर्ताकर्ता रहेका लामाले वर्तमान सदस्य सचिव केशबकुमार विष्टबाट औपचारिक निमन्त्रणा प्राप्त […]

December 23, 2016

पुलिस महिला फुटबल उपाधि नजिक

दीपेन्द्र पोखरेल दुहबी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब सुनसरीको दुहबीमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलको उपाधि नजिक पुगेको छ। दुहबी रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा मध्यमाञ्चललाई ५–० ले हराउदै पुलिसले अन्तिम दुईको यात्रा तय गरेको हो । पुलिसको जितमा निरु थापाले ह्याट्रिक गरिन् भने थप दुई गोल निर्मला उपाध्यायले गरिन् । पुलिस अब एपिएफ र […]

bimal

December 22, 2016

बिमल र अनिल सम्मिलित पश्चिमाञ्चल पराजित

सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी सम्मिलित पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमै पराजित भएको छ । राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ र युवा स्ट्राइकर बिमल घर्तिमगर सम्मिलित पश्चिमाञ्चललाई मध्यमाञ्चलले २–१ ले हरायो । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘क’ को उद्घाटन खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चललाई […]

December 22, 2016

सुदूर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विजयी

सातौं राष्ट्रिय खेलकुद, महिला फुटबल काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलका दुई अर्थहिन खेलमा सुदूर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विजयी भएका छन् । सुनसरीको दुहबी रंगशालामा बिहीबार भएको समूह ‘क’ को खेलमा सुदूर पश्चिमाञ्चलले पश्चिमाञ्चललाई १–० ले हरायो । सुदूरपश्चिमाञ्चलका लागि सुशीला चौधरीले गोल गरिन् । खेलमा सुदूर पश्चिमकी हेमा चौधरी प्लेयर अफ दी […]

December 22, 2016

पूर्वाञ्चल खेलकुदमय – सातौं राष्ट्रिय खेलकुद उद्घाटनको अन्तिम तयारी [तस्बिरमा]

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चलमा छटौं राष्ट्रिय खेलकुद सम्पन्न भएको झन्डै ६ बर्षपछि सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा शुक्रबार औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । प्रतियोगितामा भाग लिने खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायत सबै पूर्वाञ्चलमा पुगिसकेको छन् भने कतिपय पुग्ने […]

Success

Thank you for your time.