default_image

सातौं राष्ट्रिय खेलकुद

December 25, 2016

लङजम्पमा सेनाका डिल्लीले जिते स्वर्ण पदक

सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार एथलेटिक्सको पुरुष लङजम्पमा आर्र्मीका डिल्ली खत्रीले स्वर्ण जितेका छन् । इटहरी रंगशालामा भएको लङ जम्पमा डिल्लीले ६.९१ मिटरको दुरी पार नाघ्दै स्वर्ण हात जितेका हुन् । नेपाल पुलिसका गोपाल चौधरीले (६.५९ मिटर) रजत र पुलिसकै चन्द्रदेव जोशीले (६.३८ मिटर) कास्य […]

December 25, 2016

सेपाकताक्रो टिम इभेन्टमा आर्मीलाई स्वर्ण पदक

सातौ राष्ट्रिय खेलकुद विराटनगर – पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुलको तेस्रो दिन आइतबार सेपाकताक्रोमा आर्मीले स्वर्ण पदक हात जितेको छ । धरान स्थित डिपो उच्च माविमा भएको सेपाकताक्रोको रेगो इभेन्टमा पश्चिमाञ्चललाई १६–२१ र २०–२२ को सोझो सेटमा हराउँदै आर्मीले पहिलो स्थान प्राप्त गरेको हो । सेमिफाइनलमा सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ ले हराउँदै आर्मीले अन्तिम दुईमा […]

December 25, 2016

एपिएफका गोपीचन्द्रलाई ५ हजार मिटरमा स्वर्ण

सातौं राष्ट्रिय खेलकुद दिपेन्द्र पोखरेल विराटनगर – एपिएफका गोपीचन्द्र कार्कीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार थलेटिक्सको ५ हजार मिटर दौडमा पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । इटहरी रंगशालामा गोपीचन्द्रले १५ मिनेट २६.१० सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जितेका पदक जितेका हुन् ।  गोपीले त्रिभुवन आर्र्मीका हरिकुमार रिमालाई पछि पार्दै पहिलो स्थान प्राप्त […]

December 25, 2016

एपिएफकी कान्छीमायाले ५ हजार मिटरमा स्वर्ण जितिन्

दिपेन्द्र पोखरेल विराटनगर – एपिएफकी कान्छीमाया कोजुले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । इटहरी रंगशालामा आइतबार १८ मिनेट १३.४० सेकेन्डमा दौड पुरा गर्दै उनीले पहिलो स्थान हासिल गरेकी हुन् । रजत जितेकी आर्मीकी सानुमाया कार्कीले निर्धारित दुरी १८ मिनेट ३३ दशमलब ३४ सेकेन्डमा गरेकी हुन् । छैटौ […]

December 24, 2016

सातौं राष्ट्रिय खेलकुद दोस्रो दिन जारी, हक्कीमा सुदूरपश्चिमालाई दोहोरो सफलता

विराटनगर (हाम्रो खेलकुद) –सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार हक्की, बास्केबल, जुडो, बक्सिङ, भलिबल, एथलेटिक्स,ब्याडमिन्टन, टेबल टेनिसका प्रतिस्पर्धा सुरु भएका छन् । महिला फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ भने पुरुष क्रिकेट, फुटबल र महिला क्रिकेट जारी छ । दोस्रो दिन अलग अलग खेलमा यस्ता नतिजा आएका छन् । हक्कीमा सुदूरपश्चिमलाई दोहोरो सफलता विराटनगरको डिएबी […]

December 24, 2016

जुडोको ४८ केजी मुनि पुलिसकी सरितालाई स्वर्ण

झापा (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत झापाको धुलाबारीमा सुरु भएको जुडोमा ९ स्वर्ण पदकको निर्णय भएको छ । पुरुषतर्फको ४५ केजीमुनि आर्मीका सुबोध मन्डलले स्वर्ण, पूर्वाञ्चलका अमितकुमार रामलाई रजत, मध्यमाञ्चलका निशान लिम्वू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कांस्य पदक जिते । ५५ केजीमुनि मध्यमाञ्चलका किरण गजेल पहिलो, आर्मीका कर्मा तामाङ दोस्रो, एपीएफका दीपेन्द्र तामाङ र […]

December 24, 2016

सटपुटमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

विराटनगर (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुद अन्र्तगत एथलेटिक्सको महिला सटपुटमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सुनसरीको इटहरी रंगशालामा शनिबार भएको महिला स्पर्धातर्फको सटपुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले आफ्नै नाममा रहेको कीर्तिमान भङ गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । चन्द्रकलाले ११ दशमल ५६ मिटर दुरी थ्रो फाल्दै नयाँ कीर्तिमान बनाएकी […]

December 24, 2016

अनिल र बिमलको गोलमा पश्चिमाञ्चलले पुलिसलाई हरायो

धरान (हाम्रो खेलकुद) – धरानको टेक्निकल सेन्टरमा भएको सातौ राष्ट्रिय  खेलकुद अन्तर्गतको फुटबलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३-० ले हरायो ।  बिमल घर्ती मगर र अनिल गुरुङले बिजेता टोलिकालागी १-१ गोल गरे भने पुलिस क्लबले आत्मघाती गोल गर्‍यो । पहिलो खेलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको थियो । धरान टेक्निकल सेन्टरमा भएको दोस्रो खेलमा मध्यमाञ्चलले […]

December 24, 2016

कराते एकल काताको स्वर्ण पदकमा पर्शुरामको ह्याट्रिक

विराटनगर (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् । विराटनगरस्थित शहिद रंगशालामा भएको कराते प्रतियोगिता अन्र्तगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । पर्शुराम काठमाडौंमा २०६५ सालमा भएको […]

binod

December 24, 2016

पुरुष क्रिकेटमा आर्मी र पुलिसको जित

बिराटनगर -( हाम्रो खेलकुद ) – पुर्वान्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोलिहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । बिराटनगरस्थित बैजनाथपुर खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले सुदूर पश्चिमाञ्चल विकास क्षेत्रलाई ८७ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धा्रित २० ओभरमा […]

Success

Thank you for your time.