default_image

सातौं राष्ट्रिय खेलकुद

December 21, 2016

पुरुष फुटबलको उद्घाटनमा पुलिस र पूर्वाञ्चल भिड्ने

-सातौं राष्ट्रिय खेलकुद काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको बिहीबार हुने उद्घाटन खेलमा नेपाल पुलिस र पूर्वाञ्चल भिड्ने भएका छन् । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । पुलिस […]

December 21, 2016

पुलिस र एपिएफले बराबरी खेले, आर्मी पनि रोकियो

-सातौं राष्ट्रिय खेलकुद -सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुने काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार दुवै खेल बराबरीमा टुंगिएको छ । विभागिय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबले १–१ को बराबरीमा टुंगियो भने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले । सुनसरीको दुहबी रंगशालामा जारी […]

December 9, 2016

सातौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा, दोहोरी पनि प्रदर्शनी खेल

काठमाडौं (हाम्रो खेलकुद) – चौथो पटक घोषणा गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपाली भने तोकिएकै मितिमा हुने सम्भावना देखिएको छ । पूर्वाञ्चलमा पछिल्लो पटकका लागि तय भएको पुस ८ देखि १५ गते सम्म हुने सातौं राष्ट्रिय खेलकुदको सबै तयारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रिय खेलकुदमा यसपटक […]

November 21, 2016

सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय, पुस ८ बाट सुरु हुने

काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना आयोजना गर्ने गरि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ मिति तोकेको छ । राखेपको सोमबार बसेको १ सय सातौं बैठकले पूर्वानिर्धारित स्थान पूर्वाञ्चलमै पुस ८ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । राखेपले सातौं राष्ट्रिय खेलकुदका लागि मिति तोकेको यो चौथो पटक हो […]

bista

November 3, 2016

सातौं राष्ट्रिय खेलकुदका लागि सम्पर्क कार्यालय स्थापना

काठमाडौं (हाम्रो खेलकुद) – तीन पटक सम्म सरेको र नयाँ मिति घोषणा नभएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातौं राष्ट्रिय खेलकुद सचिवालयको सम्पर्क कार्यालय स्थापना भएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले बिहीबार कार्यालयको उद्घाटन गरे । कार्यालय विराटनगरको वीरेन्द्र सभागृहमा स्थापना गरिएको हो । सम्पर्क कार्यालयको प्रमुखमा वरिष्ठ अधिकृत लवभक्त श्रेष्ठलाई तोकिएको छ […]

Keshav Bista

October 27, 2016

 सातौं राष्ट्रिय खेलकुद तेस्रो पटक स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक स्थगित हुने भएको छ । आउँदो मंसिर ८ गतेदेखि विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता यसअघि गत बर्ष मंसिर र फागुनमा स्थगित गरिएको थियो । सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित भएको राष्ट्रिय खेलकुद […]

August 22, 2016

सातौं राष्ट्रिय खेलकुदमा २ सय ९९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ गते सम्म आयोजना गर्ने यसअघि नै निर्णय भएको थियो । मिति तय भइसकेर पनि यसअघि दुई पटक स्थगित भएको थियो । यसपटक राष्ट्रिय खेलकुदका […]

July 17, 2016

सातौं राष्ट्रिय खेलकुद मंसिरका लागि तय

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटक स्थगित सातौं राष्ट्रिय खेलकुदको पुनः नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आइतबार बसेको बोर्ड बैठक (१ सय ६) राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ७ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको छ । सरकारले जेठ १५ गते आर्थिक बर्ष २०७३/०७४ को बजेटमा राष्ट्रिय खेलकुदका […]

July 15, 2016

सातौं राष्ट्रिय खेलकुद र तेह्रौ सागका लागि अन्तक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी […]

October 6, 2015

राष्ट्रिय खेलकुदको गीत र नारा छनोट

काठमाडौं, असोज १९ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस […]

Success

Thank you for your time.