default_image

राष्ट्रिय खेलकुद

October 16, 2022

आर्चरी – पार्षदाको कीर्तिमान, गंगा बहादुर रेकर्ड भेट्न १ अंकले चुके

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा […]

October 16, 2022

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो । विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै […]

October 16, 2022

हक्की टिमको पिडा : न खेल सामग्री छ, न त यातायात व्यवस्थापन नै

विजय नेपाली, पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यातायातको व्यवस्थापन राम्रो नहुँदा खेलाडीले सास्ति खेप्नुपरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भएका विभिन्न खेलमा खेलाडीका लागि यातायातको व्यवस्थापन गतिलो हुँदा खेलाडीले सास्ति खेप्न बाध्य भएका हुन् । प्रदेश नं. १ को हक्की टोली आइतबार खेल जितेपछि यातायात व्यवस्थापन नहुँदा १ घण्टाबढी अलपत्र परे । पोखरा लामाचौरमा […]

October 16, 2022

सागकी स्वर्णधारी लक्ष्मीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन् । बागमतीकी मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । १५ किलोमिटर दुरीको सो स्पर्धा मगरले १ घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् । त्रिभुवन आर्मी क्लबकी उषा खनालले १ घण्टा १२ मिनेट […]

October 16, 2022

अनुमति विनै नवौंमा समावेश प्याराग्लाइडिङले निसिमको ज्यान लियो

प्रकाश तिमल्सिना, पोखरा पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ आयोजनाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (सिएएएन) बाट अनुमति नलिएको खुलेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले राखेपले प्याराग्लाडिङ आयोजनाका लागि अनुमति नलिएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार प्याराग्लाइडिङ प्रतिस्पर्धामा भाग लिने क्रममा आइतबार त्रिभुवन आर्मी क्लबका निसिम […]

October 16, 2022

भारोत्तोलनमा हिरामोतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी हिरामोती थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । महिला ४५ केजी तौल समूहमा हिरामोतीले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । एपिएफकी लीला राईले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजीसहित रजत […]

October 16, 2022

खोखोमा लुम्बिनी हाबी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखोमा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै […]

October 16, 2022

एनआरएनएले प्रोटेष्ट लागेका ८ खेलाडी खेलाउन खोजेपछि…

पोखरा (हाम्रो खेलकुद)– प्रोटेष्ट लागेका ८ खेलाडीलाई समेत खेलाउने गरि गैर आवसिय नेपाली संघ (एनआरएनए) ले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलमा आफ्नो टोली उतार्न खोजेपछि खेल रद्द गर्दै विपक्षी गण्डकी प्रदेशलाई विजयी घोषित गरिएको छ । निर्धारित समय भन्दा झन्डै डेढ घन्टा गोष्टे फुटबल मैदानमा पुगेको एनआरएनले टोलीले प्रोटेष्ट (उजुरी) लागेका ८ खेलाडीलाई समेत सहभागी गराउँदै […]

October 16, 2022

महिला भलिबलमा बागमती समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल […]

October 16, 2022

गण्डकी र आर्मीलाई टेनिस टिम इभेण्टमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको […]

Success

Thank you for your time.