default_image

राष्ट्रिय खेलकुद

October 16, 2022

भारोत्तोलनमा हिरामोतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी हिरामोती थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । महिला ४५ केजी तौल समूहमा हिरामोतीले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । एपिएफकी लीला राईले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजीसहित रजत […]

October 16, 2022

खोखोमा लुम्बिनी हाबी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखोमा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै […]

October 16, 2022

एनआरएनएले प्रोटेष्ट लागेका ८ खेलाडी खेलाउन खोजेपछि…

पोखरा (हाम्रो खेलकुद)– प्रोटेष्ट लागेका ८ खेलाडीलाई समेत खेलाउने गरि गैर आवसिय नेपाली संघ (एनआरएनए) ले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलमा आफ्नो टोली उतार्न खोजेपछि खेल रद्द गर्दै विपक्षी गण्डकी प्रदेशलाई विजयी घोषित गरिएको छ । निर्धारित समय भन्दा झन्डै डेढ घन्टा गोष्टे फुटबल मैदानमा पुगेको एनआरएनले टोलीले प्रोटेष्ट (उजुरी) लागेका ८ खेलाडीलाई समेत सहभागी गराउँदै […]

October 16, 2022

महिला भलिबलमा बागमती समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल […]

October 16, 2022

गण्डकी र आर्मीलाई टेनिस टिम इभेण्टमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको […]

October 16, 2022

आर्मी र प्रदेश १ र महिला हक्कीको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र प्रदेश १ नवौंैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो ।यस्तै आज […]

October 16, 2022

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र एपिएफलाई समान ३ स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश, नेपाल आर्मी र नेपाल एपिएफ क्लबले समान ३ स्वर्णपदक जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा १ स्वर्ण […]

October 16, 2022

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाडिङबाट खसेर खेलाडीको निधन

पोखरा (हाम्रो खेलकुद) – नवौं खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा सहभागी खेलाडीको निधन भएको छ । त्रिभुवन आर्मी क्लबका खेलाडीको प्याराग्लाडिङबाट खसेर मृत्यु भएको हो । पोखरा महानगरपालिका १८ सराङकोटमा आइतबार खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट खसेको थियो । जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको […]

October 16, 2022

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेर अन्तिम आठमा पुगेको हो । हारका बावजुत आर्मी पनि समूह उपविजेता बन्दै अघिल्लो चरणमा […]

October 16, 2022

आर्मीका खगिता र सुर्यलाई हाइजम्पमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खगिता सिन्जाली मगर र सुर्य बहादुर खत्रीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत हाइजम्पमा स्वर्ण जितेका छन् । खगिताले महिलातर्फ तथा सुर्यले पुरुषतर्फ स्वर्ण जितेका हुन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा आइतबार भएको स्पर्धामा सुर्यले १.९० मिटर जम्प गर्दै स्वर्ण जित्दा बागमतीका निकेश महतोले १.७५ मिटर जम्प गर्दै रजत […]

Success

Thank you for your time.