default_image

बक्सिङ

November 20, 2023

नुर्बुले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्मेनियाको येरेभानमा हुने आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा भाग लिन १ खेलाडीसहित २ सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबार सुरु भई मंसिर १८ गते सम्म चल्ने १६ वर्षमुनि उमेरसमूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नुर्बुको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । उनको […]

default_image

July 5, 2023

प्रकाश दाहाल स्मृति बक्सिङमा आर्मी च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल आर्मी क्लब प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मीले महिला र पुरुष दुवैतर्फको उपाधि जितेको हो । नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, ५ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । […]

June 18, 2023

एसियाडलाई बक्सिङबाट १३ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङबाट अन्तिम १३ खेलाडी छनोट गरेका छन् । संघले महिलामा ६ र पुरुषमा ७ गरी १३ खेलाडी छनोट गरेको हो । छनोटमा महिलामा सुष्मा तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा, संगिता सुनार, बिनिता थापा मगर र सरस्वती राना छनोट हुन सफल भइन् […]

May 29, 2023

सुष्मा र मिनु दोस्रो चरणमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नक्सालकी सुष्मा तामाङ र आर्मीकी मिनु गुरुङ एसियन गेम्सको दोस्रो चरणमा छनोट हुन सफल भएकी छिन् । महिला ५० किलो तौल समुहमा एच टुओकी अस्मिता दुवाललाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै सुष्मा दोस्रो चरणमा छनोट हुन सफल भएकी हुन् । ५४ किलो तौल समुहमा आर्मीकी मिनु गुरुङले बक्समाण्डुकी अन्जली […]

May 29, 2023

विभिशा बनिन् पहिलो नेपाली व्यवसायिक बक्सर

काठमाडौं (हाम्रो खेलकुद) – विभिशा श्रेष्ठ पहिलो नेपाली व्यवसायिक महिला बक्सर बनेकी छन् । थाइल्यान्डमा आयोजना भएको हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट खेल्दै उनी नेपालको पहिलो व्यवसायिक महिला बक्सर बनेकी हुन् । उनले घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरिन् । हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट एसियाको शीर्ष बक्सिङ प्रमोशन […]

May 25, 2023

सोहन र पेमा उत्कृष्ट बक्सर

हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई […]

May 20, 2023

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा ओलम्पिक तौल पुरुषतर्फ सात र महिलामा ६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं […]

May 18, 2023

पदक विजेता मुक्केवाज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए । पुरुष ८६ […]

May 11, 2023

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच विभिन्न खेलका पूर्वाधारसँगै खेलकुदका विविध गतिविधि, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले […]

May 5, 2023

उज्बेकिस्तानका शोइयोर्जोनसँग रविन पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुक्केबाज रबिन थापा आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप –२०२३ मा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबिए) को आयोजनामा उज्वेकिस्तानको तास्कान शहरमा अप्रिल ३० देखि मे १४ तारिख हुने सम्म सन्चालन हुने आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप थापाले ४६–४८ किलो तौल समुहमा […]

Success

Thank you for your time.