default_image

गल्फ

February 19, 2022

शुक्र भारतको प्रोफेसनल गल्फ टुरमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका व्यावसायिक गल्फर शुक्रबहादुर राई भारतको व्यावसायिक गल्फ टुर पीजीटिआईको सिजन २०२२ खेल्नका लागि छनोट भएका छन् । अहमदाबादमा शुक्रबार सम्पन्न छनोट चरणमा शीर्ष ४० भित्र पर्दै उनले फुल कार्ड प्राप्त गरेका हुन् । शुक्रले अब भारतको व्यावसायिक टुरको हरेक प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । शुक्रले समग्रमा ४ ओभर २ सय […]

February 17, 2022

पेप्सी गल्फ प्रतियोगिता शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– बरुण बेभरेज नेपालको प्रायोजनमा शनिबार पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । पेप्सी गल्फको यो पाँचौं संस्करण हो । नेपालको एमेच्योर गल्फ विकासमा सहयोग पुर्याउने उद्देश्यले बरुण बेभरेजले गल्फ प्रतियोगिताको सुरुवात गरेको जनाएको छ । कोभिड १९ का कारण पछिल्लो दुई संस्करण भने हुन सकेन । गोकर्ण गल्फ कोर्समा शनिबार […]

January 30, 2022

एनसेल बाह्रखरी गल्फ धरानमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाको आयोजनामा आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता […]

January 14, 2022

शुक्रलाई लगातार दोस्रो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रो शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१-२२ मा लगातार दोस्रो उपाधि जितेका छन् । धरान गल्फ क्लबका प्रो शुक्रले शुक्रबार सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्दै १ लाख ३० हजार रुपैयाँ हात पारे । गोकर्ण गल्फ क्लबमा सम्पन्न सिजनको तेस्रो प्रतियोगिता शुक्रले शुक्रबार अन्तिम दिन १ ओभर ७३ स्कोरसहित कुल […]

January 11, 2022

सेन्ट्रल ओपन : शुक्रलाई अग्रता, सुभाषको होल इन वन

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबहादुर राईले सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता लिँदा सुभाष तामाङले होल इन वन प्रहार गरेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको तेस्रो टुरमा उनले दोस्रो स्थानका रामे मगरलाई २ स्ट्रोकले पछि पारेका छन् । गोकर्ण गल्फ क्लबमा शुक्रले ५ अन्डर ६७ को प्रदर्शन गरेका हुन् । […]

December 30, 2021

इस्टर्न ओपनको प्रो एममा स्थानीय एमेच्योरको वर्चस्व

धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल इस्टर्न ओपन अन्तर्गत अन्तिम दिन प्रो एममा धरानका स्थानीय एमेच्योरले वर्चस्व जमाएका छन् । त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहित एमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ र जितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते । धनबहादुरले ३७ अंक जोड्दा पेम्बाले […]

December 29, 2021

शुक्रलाई इस्टर्न ओपन उपाधि

धरान (हाम्रो खेलकुद) – धरानकै स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते । धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ७१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । शुक्रले समग्रमा १ […]

December 28, 2021

शुक्रलाई इस्टर्न ओपनमा अग्रता

धरान (हाम्रो खेलकुद) – स्थानीय प्रो शुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन २०२१ को दोस्रो दिन अग्रता लिएका छन् । धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन शुक्रले समग्रमा रवी खड्कालाई १ स्ट्रोकले पछि पारेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता समेत रहेका शुक्रले दोस्रो दिन ३ अन्डर ६७ को […]

December 27, 2021

इस्टर्न ओपनमा निरजलाई अग्रता

धरान (हाम्रो खेलकुद) – स्थानीय प्रो निरज तामाङले धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको सुर्य नेपाल इस्टर्न ओपनमा अग्रता लिएका छन् । सुर्य नेपाल गल्फ टुर २०२१-२२ को दोस्रो प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी समेत रहेका निरजले पहिलो दिन ३ स्ट्रोकको अग्रता लिएका हुन् । धरान गल्फ क्लबमा ३ अन्डर ६७ को स्कोर […]

December 26, 2021

सुर्य नेपाल इस्टर्न ओपन भोलीदेखि

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सोमबारदेखि सुरु हुँदैछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता ३ दिन सम्म चल्नेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक गल्फरले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । नम्बर एक गल्फर भुवन नगरकोटी, घरेलु गल्फरद्वय […]

Success

Thank you for your time.