3 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर सदभाव आचार्य र प्रो सञ्जय लामा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा मंगलबार राष्ट्रिय टिमका सदस्य सदभावले दिनकै उत्कृष्ट ६–अन्डर ६६ को कार्ड बनाए । सञ्जयले २–अन्डर ७० को नतिजा निकाले । दुवैले ३६ होलको समाप्तीमा समग्रमा ८–अन्डर १३६ स्कोर बनाउँदै डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सुबासले ५–अन्डर ६७ मा दोस्रो दिनको खेल सकाउँदा उनी समग्रमा ७–अन्डर १ सय ३७ सहित तेस्रो स्थानमा उक्लिएका छन् । ४–अन्डर ६८ को कार्ड तयार पारेका निरज तामाङ समग्रमा ३–अन्डर १ सय ४१ को स्कोरमा चौथो स्थानमा उक्लिए ।
रबि खड्काले १–ओभर ७३ को स्कोर जोड्दा समग्रमा २–अन्डर १ सय ४२ सहित पाँचौं स्थानमा तल झरे । दोस्रो दिन लयमा फर्किएका दाबेदार भुवन नगरकोटीले ४–अन्डर ६८ को प्रदर्शनका साथ समग्रमा १–अन्डर १ सय ४३ सहित छैटौं स्थानमा उक्लिए ।
समग्रमा इभन–पार १ सय ४४ सहित सातौं स्थानमा रहने क्रममा कमल तामाङले दोस्रो दिन १–अन्डर ७१ मा खेल सकाए। पोखराका प्रो भुबहादुर गुरूङले ३–ओभर ७५ स्कोर गर्दा समग्रमा १–ओभर १ सय ४५ सहित आठौं स्थानमा रहेका छन् ।
समग्रमा २–ओभर १ सय ४६ को नतिजामा रमेश अधिकारी र तोरण विक्रम शाहीले संयुक्तरुपमा नवौं स्थान बाँडे। रमेशले १–अन्डर ७१ र तोरणले ३–ओभर ७५ मा दोस्रो दिनको खेल सकाए ।
३६ होलको समाप्तीमा १४–ओभर १ सय ५८ स्कोर गर्ने २१ प्रो र आठ एमरच्योर खेलाडीले कट बनाएका छन् । प्रोतर्फ दिनेश प्रजापति, राजेन्द्र श्रेष्ठ प्रधान, शिवराम पौडेल, सुर्यप्रसाद शर्मा, जयराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, बलभद्र राई, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, टंक बहादुर कार्की, रामे मगर, धन बहादुर थापा र दीपक मगरले कट बनाए ।
एमरच्योरतर्फ सहभागी ९ मध्ये ८ खेलाडीले कट बनाएका छन् । विजय श्रेष्ठ आइनहाउस, सुरेश तामाङ, वाङ्गचेन ढोन्डुप, टासी छिरिङ, युवराज भुजेल र भरत थापा मगरले अन्तिम दुई राउन्डको लागि स्थान सुरक्षित गरे ।
सदभावले सुरूवात सानदार गर्दै फ्रन्ट नाइन ७–अन्डर २९ मा सकाए। उनले पहिलो होलमा बर्डी प्रहार गर्दै दिनको सुरूवात गरे । यसपछि तेस्रो देखि सातौं होलसम्म लगातार ५ बर्डीको सफलता प्राप्त गरे।
नवौं होलमा पनि एक सट बचाए । फ्रन्ट नाइनमा उम्दा प्रदर्शन गरेका सदभावले ब्याक नाइनमा भने १–ओभर ३७ खेले । उनले १२औं होलमा बर्डी प्रहार गरेपनि १३औं र १५औं होलमा एक–एक सट खेर फाले ।
पहिलो दिनका लिडर सञ्जय लामाले फ्रन्ट र ब्याक नाइन दुवै १–अन्डर ३५ मा सकाए । दोस्रो, चौंथो र पाँचौं होलमा बर्डी प्रहार गरेका उनले तेस्रो र सातौं होलमा एक–एक सट खेर फाले ।
ब्याक नाइनमा सञ्जयले ११औं र १२औं होलमा लगातार दुईवटा इगलको सफलता प्राप्त गरे। तर त्यसपछि उनले लय गुमाउँदै १४औं र १६औं होलमा डबल बोगी खेपे। सञ्जयले १८औं होलमा बर्डी प्रहार गर्दै शीर्ष स्थान बाँडे ।
दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबाशले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाउने क्रममा पहिलो र पाँचौ होलमा बर्डी प्रहार गर्दा तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १२औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे।
७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]