default_image

3 years ago

April 17, 2023

सञ्जयलाई ३ स्ट्रोकको अग्रता

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामा ६–अन्डर ६६ को उम्दा प्रदर्शनसहित शीर्षस्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा सोमबार भएको पहिलो दिन रवि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्षस्थानमा रहेका हुन् । रबि र राजेन्द्रले पहिलो १८ होलको खेल ३–अन्डर ६९ मा सकाउँदै संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् ।

प्रोफेसनल गल्फर भु बहादुर गुरुङ तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवाश तामाङ र छैटौं प्रतियोगिताको विजेता एमरच्योर सद्भाव आचार्य २–अण्डर ७० सहित संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् ।

सुर्य नेपाल प्रालिको प्रायोजन तथा प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा प्रो तोरण बिक्रम शाही तथा एमरच्योर गल्फरहरू युवराज भुजेल, टासी छिरिङ र विजय श्रेष्ठ आइन हाउस १–अण्डर ७१ सहित संयुक्त रुपमा सातौं स्थानमा छन् ।

इभन–पार ७२ को नतिजामा प्रो भुवन कुमार रोक्का र एमरच्योर सुरेश तामाङ संयुक्तरुपमा ११औं स्थानमा रहेका छन् । उत्कृष्ट सुरुवात गरेका सञ्जयले फ्रन्ट नाइन बोगीरहित ४–अन्डर ३२ खेल्ने क्रममा तेस्रो, चौंथौ, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे । यसपछि १०औं, ११औं र १६औं होलमा समान एक सट बचाए भने सञ्जयले १४औं होलमा बोगी खेप्दा ब्याक नाइन २–अन्डर मा पुरा गरे ।

सिनियर गल्फर राजेन्द्र श्रेष्ठ प्रधानले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । बर्डीबाट दिनको सुरूवात गरेका उनले दोस्रो होलमा बोगी खेपे । तर ५–पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । यसपछि चौथौं, पाँचौ र छैटौं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे । त्यसपछि १४औं होलमा ट्रिपल बोगीको सामना गरे भने १५औं होलको वर्डीसहित ब्याक नाइन १–ओभर ३७ मा पुरा गरे ।

रविले पहिलो दिन फ्रन्ट नाइनमा सबैभन्दा उत्कृष्ट स्कोर निकाले । उनले पहिलोदेखि पाँचौ होलसम्म निरन्तर ५ बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा ५–अन्डर ३१ को लोभलाग्दो प्रदर्शन गरे । तर रबिले ब्याक नाइनमा लय गुमाउँदै २–ओभर ३८ खेले । १०औं र १५औं होलमा एक–एक सट बचाएपनि १३औं होलमा बोगी र १४औं होलमा ट्रिपल बोगी खेपे ।

एमरच्योरतर्फ सुवाश र सद्भाव २–अन्डर ७० सहित शीर्षस्थानमा रहेका छन् । टासी, विजय र युवराज एक स्ट्रोक पछि रहेका छन् । ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

३६ होलको समाप्तीमा कट लागु हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउँने छन् । प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.