default_image

अन्य

April 6, 2022

एभीएमलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज÷गल्र्स दुवैमा एभीएम पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित ग¥यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो […]

April 6, 2022

निमित्त सदस्य–सचिव थापाको राजिनामा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत तथा निमित्त सदस्य–सचिव कुलबहादुर थापाले राजिनामा दिएका छन् । उनले घरायसी कारण जनाउदै बुधबार राखेपमा राजिनामाको निवेदन दिएका हुन् । थापाले राखेपमा सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए । थापालाई गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी […]

April 6, 2022

सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्री परिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रित दायर गरेका थिए । सो रिट उपर मंसिर ३० […]

April 6, 2022

नेपालमा एरोविक टेबल टेनिसको सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक एरोविक टेबल टेनिसको सुरुवात भएको छ । एप्रिल ६ अर्थात विश्व टेबल टेनिस दिवसको दिन आज (बुधबार) नेपाल एपिएफ क्लबमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् । लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितीमा एरोविक टेबल टेनिसका […]

April 5, 2022

फुटसल टोली किर्गिस्तान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलका लागि नेपाली टोली किर्गिस्तान प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बिदाई गरेको छ । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, सदस्य मधुसुदन उपाध्यय, फुटसलका प्रमुख विनोद […]

April 5, 2022

सन्दीप र रामबहादुरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् । कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते । पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्टलाई हराउँदै रामबहादुरले पहिलो स्थान हासिल गरे । […]

April 5, 2022

बाग्मती टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पा¥यो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त ग¥यो । […]

April 5, 2022

बोधित र शिखालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज सिंगल्स फाइनलमा बोधितले एभीएम कलेजका रुविन महर्जनलाई ३–१ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिखाले खोप्व कलेजकी अन्जु […]

April 5, 2022

सिलवालको रिट खारेज, घिसिङलाई राखेप फर्कन बाटो खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन सदस्यसचिव रमेश सिलवालले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलास संयुक्त इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्। ‘सिलवाल जीले दायर गरेको रिट खारेज गर्ने […]

April 5, 2022

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड – बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको सारथी अस्पतालको साथ पाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो । अघिल्ला दुई संस्करणमा पनि सारथी अस्पतालले प्रायोजको रुपममा जोडिएको थियो । स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको […]

Success

Thank you for your time.