4 years ago
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पा¥यो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त ग¥यो । प्रतियोगिताको पुरुषमा बाग्मतीका मनोज राणा मगर तथा महिलामा एपीएफकी निशा विक उत्कृष्ट खेलाडी घोषित भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत के– वानको पुरुष ५५ केजीमा बाग्मतीका तीर्थराज थापा, ५७ केजीमा एपीएफका रोहित चन्द, ६५ केजीमा बाग्मतीका सबिर श्रेष्ठ र खुलामा बाग्मतीका सुवास राना मगर पहिलो भए ।
के– वानकै महिला ५० केजीमा बाग्मतीकी सुस्मिता तामाङ र ५५ केजीमा एपीएफकी निशा विकले स्वर्ण जिते । फुल कन्ट्याक्टको पुरुष ५५ केजीमा गण्डकीका चिरन राई र ६० केजीमा बाग्मतीका अनिल नेपालीले पहिलो स्थान हात पारे ।
प्वाइन्ट फाइटिङको पुरुष ५० केजीमा बाग्मतीका पाल्साङ ब्लोन र ५५ केजीमा लुम्बिनीका सफल विक शीर्ष स्थानमा रहे । फुल कन्ट्याक्टको महिला ४५ केजीमा बाग्मतीकी दीक्षा कार्कीले स्वर्ण जितिन् ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, आयोजक संघका अध्यक्ष लोकेन्द्र कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]