4 years ago
April 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत तथा निमित्त सदस्य–सचिव कुलबहादुर थापाले राजिनामा दिएका छन् । उनले घरायसी कारण जनाउदै बुधबार राखेपमा राजिनामाको निवेदन दिएका हुन् ।

थापाले राखेपमा सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए । थापालाई गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएको थियो ।
त्यसबेला तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालको बर्खास्ती र नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङको नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा थापाले निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका हुन् । त्यसअघि थापा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थिए ।
करिब २६ वर्षअघि (२०५२ साल भदौ ८ गते) थापा राखेपमा अधिकृत तृतीय श्रेणीमा राखेप सेवामा प्रवेश गरेका थिए । थापाले राखेप मातहतका प्रशासन विभाग, खेलकुद विकास विभाग र खेलकुद प्रतियोगिता तथा योजना विभागमा प्रमुख भइ कार्य गरेका थिए । प्रचार प्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायत विभिन्न शाखामा पनि प्रमुख भइ काम गरेको अनुभव थापासंग छ ।
समारोह विज्ञका रुपमा परिचित अधिकृत द्वितीय श्रेणीका थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्वपूर्ण जिम्मेवारीमा रहि काम गरेका छन् । नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]