default_image

अन्य

January 15, 2021

हाम्रो खेलकुदकर्मी बोहोरा पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– पाँचथरका हाम्रो खेलकुद डटकमका संवाददाता दिपक बोहोरा स्व. प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृति भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको शुक्रबार भएको साधारण सभाका दौरान बोहोरालाई सम्मान गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले बोहोरालाई सम्मान पत्रसहित १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए […]

January 15, 2021

बागमती प्रदेश स्तरिय बक्सिङ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– नागार्जुन नगरपालिकाको सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिले अर्को महिना काठमाडौंमा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषमा गरि १४ तौल समूह च्याम्पियनसिपमा राखिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नागार्जुनका मेयर समेत रहेका प्रतियोगिता संयोजक मोहनबहादुर बस्नतेले जानकारी दिए । प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता […]

January 15, 2021

रत्नजित र प्रिन्स सेमिफाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र युवा स्टार सिल्क ग्रुपका प्रिन्स दाहाल १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन् । अर्काे सेमिफाइनलमा दोस्रो वरियताका एपिएफका दिपेश धामीले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछ । गोलबजार कभर्डहलमा शुक्रबार भएको क्वाटरफाइनलमा रत्नले भोजपुरका विकास […]

January 15, 2021

भलिबल खेलाडी हरि बैवाहिक बन्धनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली तथा नेपाली सेनाका मिडल ब्लकर हरि बहादुर अधिकारी वैवाहिक बन्धनमा बाधिएका छन् । दुई वर्षको प्रेमसम्वन्धमा रहेका ओखलढुंगाका हरिले इनरुवाकी पवित्रा खड्कासँग शुक्रबार लगनगाँठो कसेका हुन् । उनीहरुको विवाह भक्तपुरमा भएको हो । हरिले सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष […]

January 15, 2021

विश्व वरियतामा प्रिन्सको छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष तीनमा स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शुक्रबार २०२१ मा खेलाडीको वरीयतामा नयाँ अपडेट गरेपछि प्रिन्सले ८ स्थान सुधार गर्दै शीर्ष ३ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । विश्व जुनियर […]

January 14, 2021

रत्न, दिपेश, प्रिन्स र प्रफुल क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सेनाका रत्नजित तामाङ, प्रफुल महर्जन, एपिएफका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल सिराहाको गोलबजारमा जारी १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष र्‍याङकिङ १६ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यि चार खेलाडीले आ–आफ्नो समूहमा अपराजित रहँदै अन्तिम आठको यात्रा तय गरेका हुन् । समूह ‘ए’ […]

January 14, 2021

सूर्योदय र डाफोडिल प्रिक्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् । घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित ग¥यो । डाफोडिलले […]

January 14, 2021

आर्यन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी आर्यन रन्जित बिहीबार नगदसहित सम्मानित भएका छन् । कोरियन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा स्वर्ण जितेवापत आर्यनलाई नेपाल सुरिकेन सोरिनरियो कराते संघका कार्यवाहक अध्यक्ष किसनराज सिंहले व्यक्तिगत १ लाख नगदसहित सम्मान गरेका हुन् । गत डिसेम्बर २७ तारिखमा भएको प्रतियोगिताको पुरुष ११ वर्षको कुमुतेमा आर्यनले स्वर्ण जितेको प्रमुख प्रशिक्षक सञ्जय […]

January 14, 2021

नेपाल ओपन भर्चुअल पुम्से माघ दोस्रो साता

काठमाडौं (हाम्रो खेलकद) – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ । ६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षक […]

January 13, 2021

एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ । जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल […]

Success

Thank you for your time.