5 years ago
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सेनाका रत्नजित तामाङ, प्रफुल महर्जन, एपिएफका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल सिराहाको गोलबजारमा जारी १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष र्याङकिङ १६ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यि चार खेलाडीले आ–आफ्नो समूहमा अपराजित रहँदै अन्तिम आठको यात्रा तय गरेका हुन् । समूह ‘ए’ बाट सेनाका रत्नजित तामाङ र एपिएफका गौतम कठायतले क्वाटरफाइनल यात्रा तय गरे । यस्तै समूह ‘बी’ बाट एपिएफका दीपेश धामी र सेनाका नविन श्रेष्ठ बिजेता र उपबिजेता बन्दै क्वाटरफाईनल प्रवेश गरे ।
समूह ‘सी’ बाट सेनाका प्रफुल महर्जन र भोजपुरका बिकास श्रेष्ठ तथा समूह ‘डी’ बाट सिल्क ग्रुपका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले अन्तिम आठको यात्रा तय गर्न सफल भएका हुन् । बिहिबार भएको अन्तिम लिगमा एपिएफका गौतम कठायलले एपिएफकै सुमन लिम्बुलाई २१–९ र २१–८ ले, पुलिसका सुनिल जोशीले बाँकेका इरफान अन्सारीलाई २१–१८ र २१–१६ को सेटमा हराए ।

सेनाका प्रफुल महर्जनले एपिएफका बिजित थापामगरलाई २१–१६ र २३–२१ले, सेनाका रुकेश महर्जनले पुलिका जिवन आचार्यलाई २५–२३ र २१–६ ले, सेनाका रत्नजित तामाङले धादिङका सुदीप सेंढाईलाई २१–११ र २१–११ को सेटमा हराए ।
एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१–११ र २१–१७ ले, भोजपुरका बिकाश श्रेष्ठले पुलिसका दीपक बोहरालाई २१–१५ र २१–१२ ले तथा सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–८ र २१–९ को सोझो सेटमा हराए ।
महिला र्याङकिङ १२ को समूह ‘ए’ बाट भोजपुरकी नङ्शलदेवी तामाङ विजेता र बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशी उपबिजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरिन् । समूह ‘बी’ बाट सेनाकी अमिता गिरी र एपिएफकी सुनैना मुखिया बिजेता तथा उपबिजेता बन्दै क्वाटरफाईनल प्रवेश गर्न सफल भइन् ।
समूह ‘सी’ बाट राष्ट्रिय च्याम्पियन रशिला महर्जन र शोभा गौचन तथा समूह ‘डी’ बाट एपिएफकी जेशिका गुरुङ र सेनाकी सुनैना मुखियाले अन्तिम आठको यात्रा तय गरिन् ।
क्वाटरफाइनलमा रत्नले बिकास श्रेष्ठ, दिपेशले रुकेश, प्रफुलले गौतम कठायत र प्रिन्सले नवीनसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै महिलामा नङ्शलले शोभा, रशिलाले सिमा, अमिताले अनुमाया र जेशिकाले सुनैनासँग प्रथिस्पर्धा गर्नेछ ।
पुरुष एकलतर्फ शीर्ष १६ बाहेकको खेलमा सेनाका पविन लिनथेप, भोजपुरका बिशाल तामाङ, पुलिसका पुर्ण बहादुर थपा, सेनाका डेभिड थापामगर, कैलालीका देवराज राना, पाँचथरका एशिया जबेगु, सेनाका गोकुल जोरा, कञ्चनपुरका विवेक चौधरी,
सेनाका सन्तोष पनेरु, बाँकेका शिव थापा, एपिएफका ईन्द्रबहादुर महता, बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ, सेनाका दिवस शंकर, सोलुखुम्वुका पेम्बा शेर्पा, सेनाका आयुष्मान नागरी, र एपिएफका निराजन देवकोटाले सफलता हात पार्दै प्रि–क्वाटरफाइनलको यात्रा तय गरे ।
भेट्रान्स युगलतर्फको दिलकुमार कन्दंवा र लोक बहादुर श्रेष्ठको जोडी, बशन्त लाल बज्राचार्य र महेशमान बज्राचार्य, देवेन्द्र राना र चुडामणी उपाध्याय, अनिल कुमार लाखे र सुभाष श्रेष्ठ, लक्ष्मण बिसी र नारायण श्रेष्ठ, शोभाकर भण्डारी र नविन पराजुली,
अमर बिष्ट र संजीव श्रेष्ठ, भुपाल रानामगर र चित्र थापा, हरि खत्री र मन बहादुर राना, पूर्णहरी होना र संजय कपाली तथा जीवन बोगटी र डिल्ली राम डाँगी पनि आ–आफ्ना प्रतिद्वन्दीलाई पन्छाउँदै राउण्ड १६ मा प्रवेश गरेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]