January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागका दोहोरो स्वर्णपदक विजेता सुवास तामाङ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । सुवासले तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सन्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्बुलाई पछि पार्दै वर्ष युवा खेलाडी बन्न सफल भएका हुन् । तामाङले सागमा एक र टिममा गरी दुई […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोली टिम अफ द इयर २०७६ घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा महिला टोलीलाई टिम अफ द इयर घोषित गरिएको हो । गत वर्ष दुई ठूला सफलता हासिल गरेको गरेको महिला टोलीलाई टिम अफ द इयरको हकदार बनायो । गत […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको ९३ वर्षको उमेर मंगलबार निधन भएको हो । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको एनओसीमा कार्यरत निरज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका २ छोरा र १ छोरी छन् ।
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ कराते प्रशिक्षक हिरा सिंह डंगोलले करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव स्तरीय निर्णय अनुसार सोमबार डंगोललाई करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । राखेपका तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर वि.क.ले मंगलबार डंगोललाई नयाँ जिम्मेवारीको पत्र हस्तान्तरण गरेका हुन् । काठमाडौं जिल्ला खेलकुद […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६ को १७ औं संस्करण मंगलबार आयोजना हुँदैछ । कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुने मञ्चले जनाएको छ । सीमित व्यक्तित्वको उपस्थितिमा अवार्ड आयोजना हुदैछ । कार्यक्रममा अवार्डका विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार […]
January 11, 2021
पोखरा (हाम्रो खेलकुद) – नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवार हुने भएको छ । मञ्चले सोमवार पत्रकार सम्मेलन गर्दै यसवर्षदेखि म्याराथनसँगै महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समावेश गरिएको जानकारी गराए । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको […]
January 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका प्रमुख बिनोद कुमार बम्जनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको पहलमा उक्त सहयोग उपलब्ध गराईएको हो । ब्याडमिन्टन खेलाडी समेत रहेका बम्जन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् । […]
January 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाई गरेका छन् । सेवा निबृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाई गरेका हुन् । यस्तै शाखाका अन्य कर्मचारीहरुले पौडेललाई मायाको चिनो सहित खादा ओडाएर सम्मानका साथ बिदाई […]
January 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को प्रत्यक्ष प्रसार चार वटा टेलिभिजनबाट हुने भएको छ । कोभिड १९ को जोखिमका कारण अघिल्लो वर्षहरुमा भन्दा ढिला गरि हुन लागेको अवार्डको एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रसारण हुने मञ्चले जनाएको […]
January 10, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सञ्जिव तुलाधरको संयोजकत्वमा वीर गणेशमा सिंह स्पोर्टस कमिटी गठन भएको छ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा अक्षुण्ण राख्नका लागि विविधि खेलकुदका गवितविधि गर्ने उद्देश्यका साथ गणेशमान सिंह फाउन्डेसन अन्तर्गत रहने गरि स्पोर्टस् कमिटी गठन गरिएको बताइएको छ । नेपाल ओलम्पिक कमिटी (एनआसी) का […]