May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनपिक र ग्रिनल्यान्ड चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज थ्री बाइ थ्रीतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् । गोल्डेनपिकले टीआईएलाई १७–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–१४ ले हरायो । जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले मनासलुलाई २५–१७, आयोजक बीएनए ‘ए’ ले नेपाल ज्ञानभूमिलाई ३५–२०, […]
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पारामाउन्ट एकेडेमीले प्रथम युरो कप फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । जुनियर फुटबल एकेडेमी (जेएफए) को संयोजनमा काठमाडौं युरो स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पारामाउन्टले काभ्यालाई ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो। पारामाउन्टका अनिल तामाङले ह्याट्रिक गरे । काभ्याका अक्षय तिमल्सिनाले सान्त्वना गोल गरे ।प्रिमियरका आरोभ शर्मा उत्कृष्ट खेलाडी चुनिए […]
May 14, 2019
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा न.२४ ले प्रथम मेयर कप उमेर समुह बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गते सम्म यू१२ छात्र तथा छात्रा र यू१६ खुल्ला बुद्धिचाल संचालन हुने जानकारी दिइयो । प्रतियोगितामा झन्डै १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले जनाएको […]
May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१९ को पहिलो दिनको खेलमा अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा जारि प्रतियोगिताको पहिलो दिन जयरामले ४ अन्डर ६८ स्कोर जोड्दै दोस्रो स्थानका एमेच्योर सुवास घिसिङसँग १ स्ट्रोकको अग्रता कायम गरे । जयरामले फ्रन्ट नांमा ४ अन्डर ३२ र ब्याक नाइनमा इभन पर […]
May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३ औं साग नेपालमा मंसिर १५ देखि […]
May 13, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तरगत कराते विधामा स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ साेमबार नगदसहित सम्मानित भएका छन् । कर्मा कन्ष्ट्रक्सनले आठौं अन्तरगत पुरुष एकल काताका स्वर्णधारी मन्डेकाजी श्रेष्ठलाई नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई कर्मा कन्ष्ट्रक्सनका एम डी रवि महर्जन र म्यानेजर युनास डंगाेलले साेमबार नगदसहित सम्मान गरेका हुन् । मन्डे करातेकाे तीन […]
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको फ्रेन्ड्सल क्लबे आगामी जेठ २९ गतेदेखि हुने ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट सुरु गर्ने भएको छ । क्लबले ललितपुर कुपन्डोलस्थित क्लबको मैदानमा खेलाडी छनोट सुरु गरेको छ । यस वर्ष यू-१८ लिगमा २०५८ पुष १८ देखि २०६१ पुष १८ सम्म जन्मेका खेलाडीले सहभागी हुन पाउनेछन् […]
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता जेठ अन्तिम साता पोखरामा हुने भएको छ । प्रतियोगिता जेठ २३ देखि २५ गते सम्म हुने बताइएको छ । कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ क्लब) […]
May 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ब्राइटफ्युचर र कुमारी फुटसलले गणेशमान सिंह एससीसी कप फुटलसको उपाधि जितेका छन् । मण्डिखाटार स्थित ग्रासरुट फुटसल सेन्टरमा भएको प्रतियोगितामा छात्रा तर्फ कुमारी फुटसलले नेपालय स्कुललाई ४–१ ले हराएको थियो । त्यस्तै छात्र तर्फ ब्राइटफ्युचर स्कुलले ढुकु फुटसललाई सडन डेथ हराउँदै उपाधि जितेको हो । सो अवसरमा नेपाली राष्ट्रिय टोलीका गोलकिपर […]
May 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बाबु शेर्पाले टर्किस एअरलाइन्स गल्फ विश्वकपको काठमाडौं छनोटको उपाधि जितेका छन् । शनिबार गोकर्ण गल्फ रिसोर्टमा शेर्पाले काउन्ट ब्याकका आधारमा ओला तेन्जिङलाई पछाडी पार्दै विश्वकपका लागि छनोट भएका हुन् । शेर्पाले नोभेम्बरमा टर्कीमा हुने टर्किस एअरलाइन्स विश्वकप गल्फमा नेपालको प्रतिनिधित्व गर्नेछन् । शेर्पा र तेन्जिङ दुवैले ४२ अंक जोडेका थिए । […]