default_image

अन्य

August 4, 2024

पुरूषोत्तम र पदम कृष्णलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युथ वन डे र्‍यापिड रेटिङ चेस प्रतियोगिता खुल्ला पुरूषोत्तम सिलवाल र रेटिङ्ग १७०० मुनि पदम कृष्ण श्रेष्ठले उपाधि जितेका छन्। प्रतिस्पर्धामा दुबै विधाका विजेताहरूले ७ खेलमा ६.५ अंक जोडेर अपराजित रहँदै विजयी भएका छन्। सुबास कुमार गुरुङ्गको संयोजकत्वमा भएको प्रतियोगिताका विजेता पुरुषोत्तमले १५ हजार रुपैयाँ र अक्फित स्मार्ट वाच प्राप्त गरे। […]

August 4, 2024

काभा नेसन्स लिग – नेपालको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार बेहोरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा इरानले नेपाललाई ३-२ को नतिजामा हरायो । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई माथ दिँदै इरान ७ अंकसाथ शीर्ष स्थानमा उक्लिएको छ । नेपालले इरान विरूद्ध सुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर […]

August 4, 2024

श्रीलंकाको‌ जित, माल्दिभ्स काभा नेसन्स लिगबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाले काठमाडौंमा‌ जारी काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। चौथो खेलमा पहिलो जित हासिल गर्ने क्रममा आइतवार माल्दिभ्सलाई ३-० को‌ सोझो‌ सेटमा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५-२२,२५-१२,२५-१२ लाई हराएको छ। तेस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ। लिगको आफ्नो खेलमा […]

August 4, 2024

बागमतीका खेलकुद मन्त्री महर्जनको खेलाडीसँग अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसँग विभिन्न खेलका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीसँग आइतवार अन्तरक्रिया गरेका छन्। कार्यक्रममा खेलक्षेत्र बुझेको व्यक्ति प्रदेशको खेलकुद मन्त्री नियुक्त भएकोमा बागमती प्रदेशको खेल गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा खेलाडीले राखेका छन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) ३ […]

August 4, 2024

पदक विजेता बिच भलिबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा पदक जितेको नेपाली महिला र पुरुष टोली आइतवार स्वदेश आइपुगेको छ। कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो। नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित पदाधिकारीले बिच टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कमला […]

August 4, 2024

एसियाडकी रजत पदक विजेता एरिका सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी‌ रजत पदक विजेता एरिका गुरुङ लायन्स कर्पोरेट सोसियल अवार्डबाट सम्मानित भएकी छिन्। लायन्स इन्टरनेसनलले‌ शनिबार आयोजना गरेको कार्यक्रममा खेलकुदबाट एरिकासहित अलग क्षेत्रका व्यक्तित्वहरु एकैथलोमा सम्मानित भएका हुन्। एरिकालाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको थियो।एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९ औं एसियाली खेलकुदमा एरिकाले ६८ केजी तौल समूहमा रजत पदक जितेकी […]

August 3, 2024

पूर्व फुटबल रेफ्री न्यौपानेको निधन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्का उपसचिव तथा पूर्व फुटबल रेफ्री ओमनाथ न्यौपानेको निधन भएको छ। सिन्धुपाल्चोक ठोकरपाका कौशलटार बस्दै आएका ५४ वर्षका न्यौपानेको‌ शुक्रबार राति ११:३० बजे हृदयघातबाट मृत्यु भएको उनका आफन्त उत्तम भण्डारीले जानकारी दिए । न्यौपानेको श्रीमती, एक छोरा र एक छोरी छन्। उनको शनिवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

August 3, 2024

काभा नेसन्स लिग- इरानसँग माल्दिभ्सको हार

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा इरानले लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा इरानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो। इरानले माल्दिभ्सलाई २५-२१,२५-२०, २५-१६ ले हरायो । नेपालले भलिबलमा पहिलो पटक भारतलाई‌ हरायो स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको […]

August 3, 2024

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो […]

August 3, 2024

काभा बिच भलिबल – मान र दिलको जोडी दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष राष्ट्रिय जोडी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलको पहिलो सेटमा कडा चुनौती पेश गरेपनि नेपालले माल्दिभ्सलाई […]

Success

Thank you for your time.