default_image

अन्य

August 7, 2024

भारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ।घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ। कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक […]

August 7, 2024

राखेप उपाध्यक्षको कार्यकाल पूरा गर्दै कोइराला बिदा भए‌

काठमाडौं (हाम्रो खेलकुद)- खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधलाई प्रहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन […]

August 6, 2024

इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- इरानलाई सोझो सेटमा हराउँदै मंगलवार नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। नेपालले भोलि उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ। जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ। इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको […]

August 6, 2024

दाबेदार भारत काभा भलिबल नेसन्स लिगको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार भारत श्रीलंकालाई सोझो सेटमा हराउँदै काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा‌ प्रवेश गरेको छ। जारी प्रतियोगितामा श्रीलंका भारतसँग पराजित भएको यो दोस्रो पटक हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकासँग सोमबार लिग चरणमा भोगेको हारको बदला लिने अवसर थियो। जहाँ सुरूवाती केहि समय श्रीलंकाले […]

August 5, 2024

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा गराउने प्रयासमा छौं – मन्त्री चौधरी

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने उल्लेख गर्दै भविष्यमा राजनीतिज्ञहरूका लागि पनि यो मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा […]

August 5, 2024

रायमाझी कांग्रेसको खेलकुद विभाग प्रमुख

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझी सोमवार पार्टीको खेलकुद विभागको प्रमुख मनोनित भएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यलाई जिम्मेवारी दिने क्रममा रायमाझीलाई खेलकुद विभागको‌ जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ। कांग्रेसले रायमाझीसहित‌ २४ जना केन्द्रिय सदस्यलाई विभिन्न समितिको‌ प्रमुखमा‌ मनोनित गरेको हो।

August 5, 2024

नेपाल युथलाई पर्वत कप पुरुष भलिबल उपाधि

काठमाडौं । नेपाल युथ स्पोर्टस् क्लब (एनवाईएसी) ले प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ । तोडा सिटी स्पोर्टस् सेन्टर जापानमा शनिबार भएको फाइनलमा गल्काेट घुम्टे युवा परिवार जापानलाई पराजित गर्दै एनवाईएससीले उपाधि जित्न सफल भएको हो । पछिल्लो एक महिनामा एनवाईसीको यो दोस्रो उपाधि हो । यसअघि एनवाइएससीले तेस्रो घुम्टे […]

August 5, 2024

नेपालले माल्दिभ्सलाई हरायो, इरानसँग सेमिफाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा नेपालले सोमवार माल्दिभ्सलाई सोझो सेटमा हराएको छ। यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको नेपाल लिगको उपविजेता बनेको छ। ४ खेलमा ३ जित र १ हारको नतिजामा ९ अंक सहित नेपाल लिगमा दोस्रो भएको हो। अब नेपालले सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमिफाइनलमा शीर्ष टोली भारतले चौथो स्थानमा […]

August 5, 2024

भारतको जित, नेपाल शीर्षमा पुग्ने सम्भावना सकियो

काठमाडौं (हाम्रो खेलकुद)- सेमिफाइनल पुगिसकेको भारत काभा महिला भलिबल नेसन्स लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । भारतको जितसँगै नेपालको शीर्षस्थानमा पुग्ने सम्भावना सकिएको छ । श्रीलंकालाई सोमवार ३-० सेटले गराएसँगै भारतले शीर्षस्थान सुरक्षित गरेको छ। भारतको जितपछि सेमिफाइनलको‌ समीकरण पूरा भएको छ । इरानसँग आइतवार पराजित भएपछि शीर्षस्थानमा लिग चरणको अन्त्य गर्ने नेपालको […]

August 5, 2024

महिला भलिबल – भारतविरुद्ध २५ वर्षमा त्यो पहिलो जित

दिल तामाङ नेपाली महिला भलिबलको अन्तर्राष्ट्रिय यात्रा ४ दशक पूरा भइसकेको छ । २०३७ सालबाट नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय भलिबल खेल्न सुरु गरेको थियो। थुप्रै आरोह र अवरोहबीच सीमित स्रोत र साधनको बावजुत नेपाली महिला भलिबल टोली केही वर्षयता उत्कृष्ट नतिजा दिइरहेको छ । भनौं नेपाली भलिबल टोली गर्विलो इतिहास बनाउँदै अघि बढिरहेको छ […]

Success

Thank you for your time.