9 months ago
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार बेहोरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा इरानले नेपाललाई ३-२ को नतिजामा हरायो । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई माथ दिँदै इरान ७ अंकसाथ शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले इरान विरूद्ध सुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो । इरानले १६-१० को अग्रता बनायो र नेपालले कुनै पनि समय कमब्याक गर्न सकेन । नेपाललले पहिलो सेट १६-२५ ले गुमायो ।
तर दोस्रो सेटमा नेपालले सानदार सुरूवात गर्दै ७-० को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिदै दोस्रो सेट २५-१६ ले जित्दै खेललाई १-१ को बराबरीमा पुर्यायो।
तेस्रो सेटको सुरूवातमा नेपालले ७-२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन। इरानले ९-९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ इरानले तेस्रो सेट २५-२३ ले जित्यो र खेल २-१ को अग्रता बनायो।
चौथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो। ११-८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो। सहजै चौथो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो।
पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो। युवा टोली भएपनि इरानले देखाएको आत्मविश्वासी प्रदर्शन तारिफयोग्य रहयो। सानदार डिफेन्समा इरानले पाँचौ सेट १५-१३ ले जित्दै नेपाललाई हराउन सफल भयो।
इरानले ४ खेलबाट ७ अंक बनाउँदा नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंक बिहिन छ।
आज भएको पहिलो खेलमा माल्दिभ्स श्रीलंकासँग हारेसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो। नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्।
सेमिफाइनल प्रतिद्धन्द्धी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ।
लिग चरणको अन्तिम दुई खेल सोमवार हुनेछ। जहाँ श्रीलंका र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो। सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो। उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्यो। त्रिभुवन आर्मी […]