default_image

Racquet

January 30, 2020

अष्ट्रेलियन टेनिस खेलाडीको नेपालमा मृत्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आएका अष्ट्रेलियाका १५ वर्षीय टेनिस खेलाडी केन्ट यामजाकीको मृत्यु भएको छ । सातदोबाटोस्थित नेपाल टेनिस संघको केन्द्रिय कार्यालय परिसरमा रहेको टेनिस कोर्टमा बुधबार प्रशिक्षणका क्रममै कोर्टमा लडेपछि टाउकोमा चोट लागेको थियो । लडेपछि होस गुमाएका उनलाई उनलाई नजिकै रहेको बी एण्ड बी अस्पताल […]

January 28, 2020

सम्झना कप अन्तर्राष्ट्रिय टेबुल टेनिस शनिबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको ‘सम्झना कप खुल्ला’ अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता शनिवार देखी माघ २५ सम्म हुने भएको छ । ललितपुर टेबुल टेनिस क्लबको आयोजना र स्पीन इभेन्ट्स प्रा.ली.को व्यवस्थापनमा हुन लागेको यस प्रतियोगिताको बारे काठमाडौंमा मंगलबार अखिल नेपाल टेबुल टेनिस संघले जानकारी दिएको छ । लैनचौर स्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा […]

January 28, 2020

रुपन्देही लन टेनिस संघको अध्यक्षमा श्रेष्ठ

बुटवल (हाम्रो खेलकुद) – सञ्जय श्रेष्ठ रुपन्देही लन टेनिस संघको अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला संघको मंगलबार बसेको साधारण सभाले कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेन्चुरी निर्वाचित भए । अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा सदस्यमा निर्विरोध चुनिए । […]

January 14, 2020

प्रिन्सको विश्व वरियतामा थप सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सुधार भएको छ । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका छन् । गत साताको वरियतामा प्रिन्स १४ औं स्थानमा थिए । यसपटक उनी तीन स्थान माथि उक्लेका छन् । अघिल्लो साता उनी ३२ […]

January 11, 2020

प्रिन्स फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल इन्टरनेसल सिरिज यू १९ को फाइनलमा पराजित भएका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हालमा शनिबार भएको प्रिन्स एकलतर्फको फाइनलमा भारतका मिरबा लुवाङ्गसँग पराजित भएका थिए । प्रतियोगितामा मिरबा शीर्ष वरियता र प्रिन्स दोस्रो वरियतामा रहेका थिए । मिरबाले प्रिन्सलाई २१–१६,२१–२३ र […]

January 11, 2020

सागका टेबल टेनिस पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद ९साग० मा हालसम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई शनिबार सम्मान गरेको छ । तेस्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई सम्मान गरिएको हो । सागको १३औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ […]

January 11, 2020

लनटेनिस टोली फिलिपिन्सतर्फ

काठमाडौं (हाम्रो खेलकुद)- आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेको छ । जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन […]

January 11, 2020

अनु, माया र जेसिका सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- गत महिना सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुलाई रिलायन्स पब्लिक स्कुललेसम्मान प्रदान गरेको छ । बुढानिलकण्ठ ११ कपनमा रहेको रिलायन्सले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर मा सागमा करातेतर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबलमार्फत रजत जित्ने माया स्याङ्तान र ब्याडमिन्टनतर्फ कास्य पदक जित्ने जेसिका गुरुङलाई नगदसहित सम्मान गरेको […]

January 10, 2020

प्रिन्स प्रेसिडेन्टस कप एकलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को यू १९ को फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको सेमिफाइनलमा प्रिन्सले भारतका अभिन बशिष्टलाई २–१ को सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् । पहिलो सेट २१–१८ मा आफ्नो पक्षमा […]

January 9, 2020

प्रिन्स प्रेसिडेन्ट कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० यू १९ मा पुरुष एकल तर्फ सेमिफाइनल पुगेका छन् । प्रिन्सले बिहीबार भारतीय आयन रसिदलाई २१–१०, २१–९ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । प्रिन्स सम्मिलिन मिक्स डबल्समा भने उनको जोडी पराजित भएको थियो । रसिला महर्जन […]

Success

Thank you for your time.