default_image

Racquet

February 25, 2020

प्रिन्सले डच र जर्मन जुनियर सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल दुई जुनियर इन्टरनेसनल च्याम्पियनसिप खेल्नका लागि मंगलबार युरोप प्रस्थान गरेका छन् । उनले नेदरल्यान्डमा डच जुनियर इन्टरनेसनल २०२० र त्यसपछि जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्नेछन् । प्रिन्ससँगै टिम म्यानेजरमा सुवास श्रेष्ठ र कमलेस निरौला जानेछन् । र्‍याङकिङका आधारमा उनले दुई जुनियर इन्टरनेसनल सिरिज खेल्ने मौका […]

February 22, 2020

शिरुषालाई विद्यालय ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – स्याक्रेड हार्ट एकडेमीकी शिरुषा भुजुले अन्तर विद्यालय गर्ल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेकी छिन् । शनिबार कीर्तिपुरस्थित टीयू कभर्ड हलमा भएको प्रतियोगिताको फाइनलमा विभूति माविकी प्राश्ना श्रेष्ठलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ११-७ ले जितेकी शिरुषाले दोस्रो सेट ११-८ ले जित्दै उपाधि हात पारेकी हुन् । विभूतिकै पान्जोम लामा र […]

February 18, 2020

भगवतीसँग प्रिति पराजित

बुटवल (हाम्रो खेलकुद) –बुटवलमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा मंगलबार भएको वोमन्स सिगलतर्फ भगवती विकले प्रिति गौतम, सलोनी तामाङले रुसाली श्रेष्ठ, प्रकृति श्रेष्ठले अलिसा श्रेष्ठ र ईन्द्रकला श्रेष्ठले पुजा अर्याललाई समान ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन्। मेन्स […]

February 11, 2020

ब्याडमिन्टन टिम एसिया च्याम्पियनसिपमा थापाको अम्पायरिङ

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सको राजधानी मनिलामा मंगलबार सुरु भएको ब्याडमिन्टन टिम एसिया च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता छैन । तर, च्याम्पियनसिप सञ्चालन गर्ने मध्ये एक नेपाली अम्पायर भने छन् । ब्याडमिन्टन एसियाका सर्टिफाइड अम्पायर दीपक थापाले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । सन् २०१६ को रियो ओलम्पिकमा लाइन जजको भूमिका निर्वाह गरिसकेका थापाले मंगलबार तीन वटा खेलमा […]

February 9, 2020

दीपेशलाई युएईमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय च्याम्पियन दीपेश धामीले दुबईको अबुधाबीमा सञ्चालित ४३ औं आइएससी एपेक्स युएई ब्याडमिन्टन गोल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । चोटका कारण दीपेशले सेमिफाइनलको खेल भने त्याग्नु परेको थियो । मलेसियन खेलाडीविरुद्धको सेमिफाइनलका क्रममा उनको खुट्टामा चोट लागेको थियो । युवा स्टार प्रिन्स दाहाल यसपट भने पदक विहिन भएका छन् । च्याम्पियनसिपमा […]

February 7, 2020

अभिलाषलाई नेदरल्यान्ड्समा राष्ट्रिय अम्पायरको मान्यता

काठमाडौं (हाम्रो खेलकुद)– अध्ययनका लागि नेदरल्यान्ड्समा रहेका नेपाली युवा अभिलाष आर्याललाई त्यहाँको ब्याडमिन्टन संघले राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता दिएको छ । लिखित र प्रयोगात्मक परिक्षामा उर्तिण भएपछि उनलाई त्यस्तो मान्यता दिएको हो । नेदरल्यान्ड्सको ब्याडमिन्टन लिग, राष्ट्रिय च्याम्प्यिनसिपका दौरानमा उनी प्रयोगात्मक परिक्षामा सामेल भएका थिए । त्यसमा उर्तिण भएपछि उनलाई राष्ट्रिय मान्यता दिएको हो । […]

February 6, 2020

बुटवल खुल्ला लन टेनिस फागुनमा

बुटवल (हाम्रो खेलकुद) – रुपन्देही लन टेनिस संघले फागुनमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । बुटवल देबिनगरस्थित कोर्टमा फागुन ५ गते देखि ९ गते सम्म सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न ८ विद्यामा हुने प्रतिस्पर्धामा सय भन्दा बढी खेलाडीको सहभागिता रहने संघका अध्यक्ष संजय श्रेष्ठले जानकारी […]

February 3, 2020

सफ्टवारिकाका स्यान्टुलाई सम्झना कपमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– सफ्टवारिका कलेजका श्यान्टु श्रेष्ठले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे ।   बिएमसीका राजीव चिकनबन्जार तथा आर्दश विद्या मन्दिर (एभिएम) का संयोग कपाली […]

February 3, 2020

जोकोभिचलाई अष्ट्रेलियन ओपन उपाधि

एजेन्सी – दोस्रो वरियाताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा जोकोभिचले पाँचौ वरियताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । निकै नै प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेटमा जोकोभिचले २६ वर्षीय थिमलाई ६–४ ले पछि पारेका थिए । दोस्रो र तेस्रो सेटमा […]

January 30, 2020

अष्ट्रेलियन टेनिस खेलाडीको नेपालमा मृत्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आएका अष्ट्रेलियाका १५ वर्षीय टेनिस खेलाडी केन्ट यामजाकीको मृत्यु भएको छ । सातदोबाटोस्थित नेपाल टेनिस संघको केन्द्रिय कार्यालय परिसरमा रहेको टेनिस कोर्टमा बुधबार प्रशिक्षणका क्रममै कोर्टमा लडेपछि टाउकोमा चोट लागेको थियो । लडेपछि होस गुमाएका उनलाई उनलाई नजिकै रहेको बी एण्ड बी अस्पताल […]

Success

Thank you for your time.