default_image

Racquet

October 21, 2019

रायनाको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले एसियाली यू–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । जितसंगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् । सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले […]

October 17, 2019

स्वीस प्रशिक्षक पाभेलको प्रशिक्षणमा खेलाडी खुसी

काठमाडौं (हाम्रो खेलकुद)– स्वीट्जरल्याण्डका अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक पाभेल रिहोरेकलाई बिहीबार विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील शाहीको पहलमा एक हप्ताका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण दिन आएका पाभेललाई विदाई गरिएको हो । उनी शनिबार स्वीट्जरल्यान्ड जानेछन् […]

October 15, 2019

विश्व सैन्य बिच भलिबललाई मान र दिल चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबल टोली तथा नेपाली सेनाका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । मान र दिलसँगै प्रशिक्षक दानेश्वर अधिकारीसहितको तीन टोली त्यसतर्फ प्रस्थान गरेको हो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) ले चीनको वुहान सिटीमा आयोजना हुन […]

October 12, 2019

पदक विजेता ब्याडमिन्टन टोली स्वदेश फिर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता नेपाली ब्याडमिन्टन टोली शनिबार स्वदेश फर्किएको छ । नेपाल ब्याडमिन्टन संघका उपध्यक्ष सुवास श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा र अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याललगायतले युवा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले […]

October 12, 2019

प्रिन्ससहितको पदक विजेता ब्याडमिन्टन टोली आज स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता प्रिन्स दाहालसहितको युवा ब्याडमिन्टन टोली आज स्वदेश फर्कने भएका छन् । नेपाली युवा टोली अपरान्ह ४ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा आइपुग्ने ब्याडमिन्टन एशियाका अम्पायर तथा बिश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) का लाईन जज उदय कुमार अर्यालले जानकारी गराए । नेपाली टोली शनिबार […]

October 11, 2019

स्वीस प्रशिक्षक पाभेलले टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद) – स्वीट्जरल्यान्डका अन्तराष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेकले आसन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका नेपालका टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने भएका छन् । उनी नेपाली टोलीलाई विशेष प्रशिक्षण दिन शुक्रबार नेपाल आइपुगेका छन् । उनको प्रशिक्षणमा खेलाडीहरुको खेल स्तर बृद्धि हुने अपेक्षा गरिएको छ । प्रशिक्षक […]

October 10, 2019

माल्दिभ्समा प्रिन्सलले जिते रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले दक्षिण एसिया जुनियर यू २१ ब्याडमिन्टन च्याम्पियनसिपमा रजत पदक जितेका छन् । माल्दिभ्समा जारी च्याम्पियनसिमा बिहीबार मेन्स सिंगलको फाइनलमा तेस्रो वरियताका भारतीय सारथ डुन्नासँग प्रिन्स २–० ले पराजित भएका थिए । मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि समेत छनोट भइसकेका प्रिन्स […]

October 9, 2019

प्रिन्स दक्षिण एसिया यू २१ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल माल्दिभ्समा जारी दक्षिण एसिया यू २१ क्षेत्रिय ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । बुधबार भएको अन्तिम चारको खेलमा श्रीलंका खेलाडीलाई २–१ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् । पहिलो सेट गुमाएका प्रिन्सले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेका थिए । प्रिन्सले च्याम्पियनसिपमा चौथो वरियता […]

October 9, 2019

माल्दिभ्समा जुनियर टोलीलाई मिक्स टिममा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली जुनियर ब्याडमिन्टन टोलीले दक्षिण एसियाली यू २१ क्षेत्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा मिक्स टिममा कास्य पदक जितेको छ । माल्दिभ्समा जारी च्याम्पियनसिपमा नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित भएको थियो । त्यसअघि बंगलादेश र माल्दिभ्सलाई समान ३–२ ले हराउँदै नेपाली टोली सेमिफाइनल पुगेको थियो । नेपाली टोलीमा प्रिन्स दाहाल, […]

October 3, 2019

प्रिन्ससहित ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली यु–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोली बिहीबार माल्दिभ्स प्रस्थान गरेको छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, प्रफुल्ल महर्जन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सीमा राजवंशी रहेका छन् । प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा […]

Success

Thank you for your time.