5 years ago
November 6, 2020
कपिलवस्तु (हाम्रो खेलकुद) – तौलिहवाका रोहित बराल र उज्वल श्रेष्ठको जोडी प्रथम जिल्लास्तरीय खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

कपिलवस्तु जिल्लाको वाणगंगा ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा अजय कुमार चौधरी र अनुज यादवको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै रोहित र उज्वलको जोडी च्याम्पियन बन्न सफल भएका हुन् ।
रोहित र उज्वलको जोडीले अजय र अनुजको जोडीमाथि २१–१० र २१–१३ को सहज जित निकालेको हो । रोहित र उज्वल कपिलवस्तुका जुनियर राष्ट्रिय खेलाडी हुन् । उनीहरु राजेश शाक्यको नियमित प्रशिक्षणमा रहेका छन् । अमर रेश्मी र अमृत खाँडको जोडीले तेस्रो स्थान हासिल गरे ।

च्याम्पियन जोडीले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएको जोडीले ७ हजार तथा तेस्रो भएको जोडीले ५ हजार रुपैया हात पारे । विजयी खेलाडीलाई कपिलवस्तु जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष छवि रेश्मीले पुरस्कृत गरे ।
खेलाडीलाई पुरस्कृत गरेपछि पुर्व अध्यक्ष रेश्मीले निकट भविष्यमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताएका छन् ।
प्रतियोगिता वाणगंगा जितपुर –४ मा रहेको कभर्डहलमा सम्पन्न भएको हो । ३ वटा कोर्ट रहेको उक्त कभर्डहल सम्पन्न हुने अवस्थामा रहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]