February 18, 2020
बुटवल (हाम्रो खेलकुद) –बुटवलमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा मंगलबार भएको वोमन्स सिगलतर्फ भगवती विकले प्रिति गौतम, सलोनी तामाङले रुसाली श्रेष्ठ, प्रकृति श्रेष्ठले अलिसा श्रेष्ठ र ईन्द्रकला श्रेष्ठले पुजा अर्याललाई समान ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन्। मेन्स […]
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सको राजधानी मनिलामा मंगलबार सुरु भएको ब्याडमिन्टन टिम एसिया च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता छैन । तर, च्याम्पियनसिप सञ्चालन गर्ने मध्ये एक नेपाली अम्पायर भने छन् । ब्याडमिन्टन एसियाका सर्टिफाइड अम्पायर दीपक थापाले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । सन् २०१६ को रियो ओलम्पिकमा लाइन जजको भूमिका निर्वाह गरिसकेका थापाले मंगलबार तीन वटा खेलमा […]
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय च्याम्पियन दीपेश धामीले दुबईको अबुधाबीमा सञ्चालित ४३ औं आइएससी एपेक्स युएई ब्याडमिन्टन गोल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । चोटका कारण दीपेशले सेमिफाइनलको खेल भने त्याग्नु परेको थियो । मलेसियन खेलाडीविरुद्धको सेमिफाइनलका क्रममा उनको खुट्टामा चोट लागेको थियो । युवा स्टार प्रिन्स दाहाल यसपट भने पदक विहिन भएका छन् । च्याम्पियनसिपमा […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अध्ययनका लागि नेदरल्यान्ड्समा रहेका नेपाली युवा अभिलाष आर्याललाई त्यहाँको ब्याडमिन्टन संघले राष्ट्रिय ब्याडमिन्टन अम्पायरको मान्यता दिएको छ । लिखित र प्रयोगात्मक परिक्षामा उर्तिण भएपछि उनलाई त्यस्तो मान्यता दिएको हो । नेदरल्यान्ड्सको ब्याडमिन्टन लिग, राष्ट्रिय च्याम्प्यिनसिपका दौरानमा उनी प्रयोगात्मक परिक्षामा सामेल भएका थिए । त्यसमा उर्तिण भएपछि उनलाई राष्ट्रिय मान्यता दिएको हो । […]
February 6, 2020
बुटवल (हाम्रो खेलकुद) – रुपन्देही लन टेनिस संघले फागुनमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । बुटवल देबिनगरस्थित कोर्टमा फागुन ५ गते देखि ९ गते सम्म सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न ८ विद्यामा हुने प्रतिस्पर्धामा सय भन्दा बढी खेलाडीको सहभागिता रहने संघका अध्यक्ष संजय श्रेष्ठले जानकारी […]
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सफ्टवारिका कलेजका श्यान्टु श्रेष्ठले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे । बिएमसीका राजीव चिकनबन्जार तथा आर्दश विद्या मन्दिर (एभिएम) का संयोग कपाली […]
February 3, 2020
एजेन्सी – दोस्रो वरियाताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । मेलबर्नमा आइतबार भएको फाइनलमा जोकोभिचले पाँचौ वरियताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । निकै नै प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेटमा जोकोभिचले २६ वर्षीय थिमलाई ६–४ ले पछि पारेका थिए । दोस्रो र तेस्रो सेटमा […]
January 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आएका अष्ट्रेलियाका १५ वर्षीय टेनिस खेलाडी केन्ट यामजाकीको मृत्यु भएको छ । सातदोबाटोस्थित नेपाल टेनिस संघको केन्द्रिय कार्यालय परिसरमा रहेको टेनिस कोर्टमा बुधबार प्रशिक्षणका क्रममै कोर्टमा लडेपछि टाउकोमा चोट लागेको थियो । लडेपछि होस गुमाएका उनलाई उनलाई नजिकै रहेको बी एण्ड बी अस्पताल […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको ‘सम्झना कप खुल्ला’ अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता शनिवार देखी माघ २५ सम्म हुने भएको छ । ललितपुर टेबुल टेनिस क्लबको आयोजना र स्पीन इभेन्ट्स प्रा.ली.को व्यवस्थापनमा हुन लागेको यस प्रतियोगिताको बारे काठमाडौंमा मंगलबार अखिल नेपाल टेबुल टेनिस संघले जानकारी दिएको छ । लैनचौर स्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा […]
January 28, 2020
बुटवल (हाम्रो खेलकुद) – सञ्जय श्रेष्ठ रुपन्देही लन टेनिस संघको अध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला संघको मंगलबार बसेको साधारण सभाले कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेन्चुरी निर्वाचित भए । अवदुल सहमद मियां,सबर मियां, राम बहादुर विक र भिष्म काउचा सदस्यमा निर्विरोध चुनिए । […]