6 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सको राजधानी मनिलामा मंगलबार सुरु भएको ब्याडमिन्टन टिम एसिया च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता छैन । तर, च्याम्पियनसिप सञ्चालन गर्ने मध्ये एक नेपाली अम्पायर भने छन् । ब्याडमिन्टन एसियाका सर्टिफाइड अम्पायर दीपक थापाले नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।

सन् २०१६ को रियो ओलम्पिकमा लाइन जजको भूमिका निर्वाह गरिसकेका थापाले मंगलबार तीन वटा खेलमा मुख्य अम्पायरको भूमिका निर्वाह गरेका थिए । जसमध्ये उनले चाइनिज ताइपेका विश्व वरियताको दोस्रो स्थानमा रहेका चौउ तेन चेन र फिलिपिन्सका रोस लियोनार्द पर्दोसबीचको खेल खेलमा अम्पायरिङ गरेका थिए । जसमा चेन २१–१२,२१–८ ले जितेका थिए ।
चेनले २९ मिनेटमा खेल आफ्नो पक्षमा पारेका थिए । समुह सीको त्यो टिम इभेन्टमा चाइनिज ताइपे ५–० ले जितेको थियो । पहिलो पटक टिम एसिया च्याम्पिनसिपमा अम्पायरिङ गर्ने मौका पाएका थापाले देशको नेपाली पनि माथिल्लो स्तरको प्रतियोगिता सञ्चालनका लागि सक्षम रहेको यो एउटा प्रमाण हो । त्यस अर्थमा गौरव महसुस हुन्छ ।

एसिया टिम च्याम्प्यिनसिप प्रतिष्ठित थोमस कप ब्याडमिन्टनको छनोट प्रतियोगिताका रुपमा समेत रहेको छ । एसियाको शीर्ष ४ मा आउने टोलीले थोमस कपमा प्रतिनिधित्व गर्नेछन् । थापाका अनुसार थोमस कपमा एसियाका ४, युरो ४ , अफ्रिका, अस्ट्रेलिया, पान अमेरिकाबाट समान १, आयोजक राष्ट्र, साविक विजेता र विश्व वरियताको शीर्ष ३ मा रहेका राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
अम्पयारिङमा लामो अनुभव बटुलिसकेका थापाले मंसिरका स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्णायकहरुका तर्फबाट सपथ लिएका थिए । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) को अम्पायर हुनका लागि अप्रिसल परिक्षा उर्तिण गरिसकेका थापाले एसिया टिम च्याम्पियनसिपकै दौरान बिडब्लूएफको कक्षामा समेत सामेल हुनेछन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]