September 24, 2018
ललितपुर (हाम्रो खेलकुद)-माहिका राणा र प्रेरणा कोइराला वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्स्को फाइनलमा प्रवेश गरेकी छन् । माहिकाले अभिलाषा विष्टलाई तथा प्रेरणाले मायांका राणालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा माहिकाले अभिलाषा विष्टलाई ६–२ र ६–१ सेटमा पराजित गर्दै उपाधिनजिक पुगिन् । सोमबारै भएको […]
September 23, 2018
ललितपुर (हाम्रो खेलकुद) – जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको क्वाटरफाइनल खेलमा मायांकाले एश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । बहिनी माहिकाले एनी माथेमालाई ७–६ र […]
September 10, 2018
न्युयोर्क (एजेन्सी) – सर्वियन नोभाक जोकोभिचले युएस ओपन टेनिसको उपाधि जितेको छ । जोकोभिचले अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्टाेमाथि ३–० को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएका हुन् । न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा आइतबार राति भएको प्रतिस्पर्धामा जोकोभिचले डेल पोर्टाेमाथि पहिलो सेटमा ६–३ को सहज जित निकालेको थियो । दोस्रो सेटमा ७–६ […]
September 9, 2018
न्यु योर्क (एजेन्सी) – नाओमी ओसाका युएस ओपन टेनिसको च्याम्पियन बनेकी छन् । २०औं वरीयताकी ओसाकाले १७ वरीयताकी सेरेनामाथि २–० को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधिको रुपम युएस ओपन टेनिस जित्न सफल भएकी हुन् । न्यु योर्कस्थित अर्थर एसे टेनिस कोर्टमा शनिबार राति भएका खेलमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्समाथि ओसाकाले सनसनीपूर्ण जित निकालिन् […]
September 8, 2018
न्युयोर्क (एजेन्सी) – विश्व नम्वर एक स्पेनिस राफेल नाडालले चोटका कारण खेल त्यागेपछि अर्जेन्टिनी टेनिस खेलाडी हुवान मार्टिन डेल पोर्टाे युएस ओपनको फाइनलमा पुगेका छन् । अर्थ एसे स्टेडियममा शुक्रबार राति भएको सेमिफाइनल खेलको दोस्रो सेट चलिरहँदा नाडालले घुडामा चोट बेहोर्दै खेल्न नसक्ने भएपछि डेल पोर्टाेले उपाधिका लागि नोभाक जोकोभिचसँगको भेट पक्का गरेका हुन् । […]
September 7, 2018
न्यु योर्क (एजेन्सी) – अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । सेरेनाले लातभियाकी अनास्टासिजा सेभास्टोभालाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । अर्थर असे टेनिस कोर्टमा शुक्रबार बिहान भएको खेलमा १७औं वरीयताकी सेरेनाले पहिलो सेटमा ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । उनले […]
September 5, 2018
न्युयोर्क (एजेन्सी) – अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । अस्ले असिस स्टेडियममा बुधबार बिहान भएको खेलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई २–० को सेटमा पराजित गर्दै सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् । २३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेनाले आठौं वरीयता प्राप्त प्लिस्कोभामाथि ६–४ र ६–३ को सहज जित निकालिन् । अब […]
September 3, 2018
न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले जर्जियाका निकोलोज बासिलासभिलीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा आइतबार राति भएको खेलमा ३२ वर्षीय नाडालले निकोलोजमाथि ६–३, ६–३, ६–७ र ६–४ को जित […]
September 1, 2018
न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ […]
August 31, 2018
न्यु योर्क (एजेन्सी) – सर्वियन नोभाक जोकोभिच र स्वीट्जरल्यान्डका रोजर फेडेरर युएस ओपनको टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । न्युयोर्कस्थित अर्थर एसे स्टेडियममा शुक्रबार बिहान भएको खेलमा विम्वलडन विजेता तथा छैटौं वरीयताका नोभाकले दोस्रो चरणमा अमेरिकी टिनिज सानग्रिनलाई ६–१, ६–३, ६–७ र ६–२ को सेटमा परापिजत गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् । शुक्रबार […]