default_image

टेबल टेनिस

August 16, 2019

गल्र्स र ब्वाइज टिममा नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपको टिम इभेन्टमा नेपालको गल्र्स र ब्वाइज दुवै टोलीले हार बेहोरेका छन् । गल्र्सतर्फ नेपाली टोली थाइल्यान्ड, हङकङ र इन्डोनेसियासँग समान ३–० ले पराजित भएको हो । पराजित भएको हो । ब्वाइजमा नेपाली टोली थाइल्यान्ड र भारतसँग समान ३–० ले पराजित भएको हो । […]

August 10, 2019

अपराजित स्यान्टु र नवितासहित ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार सम्पन्न एसियन च्याम्पियनसिप छनोट प्रतियोगितामा अपराजित रहँदै प्रथम स्थान हासिल गरेका छन् । इन्डोनेसियाको योग्यकार्तामा सेप्टेम्बर १५ देखि २२ सम्म हुने प्रतियोगिताको लागि पुरुष र महिलातर्फ ३-३ खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको थियो । लैनचौरस्थित केन्द्रीय प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगितामा पुरुषमा […]

July 17, 2019

राष्ट्रिय खेलाडी स्वेच्छाको ज्वेलर्स सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिस खेलाडी स्वेच्छा नेम्वाङले न्यु शौभाग्य ज्वेलर्स प्रालि सञ्चालनमा ल्याएकी छिन् । स्वेच्छाले सिनामंगल भत्केको पुल नजिकै ज्वेलर्स र कारखाना बुधबारबाट विधिवत रुपमा सञ्चालनमा ल्याएकी हुन् । ज्वेलर्सको उद्घाटन नेपाल टेबल टेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यले गरे । स्वेच्छाको यो दोस्रो ज्वेलर्स हो । यसअघि उनले सहकार्यमा २०७४ मा […]

June 9, 2019

११ स्वर्णसहित एभीएम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक आदर्श विद्यामन्दिर स्कुल (एभीएम) सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल अनतर स्कुल राष्ट्रिय टेवल टेनिसमा ११ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । घरेलु कोर्टमा एभीएमले १५ मध्ये ११ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगिताको अन्तिम दिन आइतबार गल्र्स यु–१४ मा एभीएमकी इभाना थापा मगरले प्रोक्सिमाकी दिया देउलालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा […]

June 8, 2019

टिम इभेन्टस्मा एभीएमलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्यामन्दिर (एभीएम) ले टिम इभेन्टसमा दोहोरो स्वर्ण हात पारेको छ । शनिबार भएको खेलमा एभीएम ब्वाइज र गल्र्स दुवैमा स्वर्ण जित्न सफल भएको हो । ब्वाइजमा एभीएमले युरो किड्स बिराटनगरलाई ३–१ को सेटमा हरायो । सुनाखरी धरान र पब्लिक एकेडेमी धरानले कास्य पाए । गल्र्समा एभीएमले प्रभातलाई ३–० को सेटमा […]

June 6, 2019

अन्तर स्कुल टेटे च्याम्पियनसिप शुरु

काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल अन्तर स्कुल राष्ट्रिय टेवल टेनिस च्याम्पियनसिप शुरु भएको छ । आदर्श विद्यामान्दिरको टेटे हलमा बिहीबारबाट शुरु भएको च्याम्पियनसिपमा ब्वाइज र गल्र्समा यु–१० र यु–१२ मा प्रतिस्पर्धा भइरहेको छ । यु–१० ब्वाइजतर्फ एसभीआइका उज्वल मानन्धरले जुगलका हन्सल गिरीलाई ३–० को सोझो सेटमा पराजित गरे । सिजिएका आशिष भट्टाईले […]

April 16, 2019

विश्व टेबल टेनिस च्याम्पियनसिपमा नविता र स्यान्टुसहित ६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेस्टमा आयोजना हुने विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली टोलि बिहिबार त्यसतर्फ प्रस्थान गर्ने छ । विश्व टेवल टेनिस च्याम्पियनसिप २१ अप्रिलबाट २८ अप्रिलसम्म आयोजना हुदैछ । ६ खेलाडी र दुई पदाधिकारीसहितको ८ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम […]

April 13, 2019

टेबलटेनिस : फेरी स्यान्टु र नवितालाई नै स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत अन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले शनिबार स्वर्ण पदक जितेका छन् । एकल पुरुषमा स्यान्टु तथा महिलामा नविताले स्वर्ण जितेका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले स्वर्ण नै जितेका थिए । यसअघि बिहीबार मिक्स डबल्समा पनि स्यान्टु र नविताको जोडीले […]

April 12, 2019

टेबलटेनिस : च्याम्पियन जोडी स्यान्टु र नवितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका स्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का […]

April 11, 2019

टेबलटेनिस : पुलिसलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन नेपाल पुलिस क्लबले दुई स्वर्ण जितेको छ । पुलिसले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पार्यो । टिम इभेन्टमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले पराजित गरिन् । […]

Success

Thank you for your time.