4 years ago
January 2, 2022
दाङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ्ग र नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
दिक्षाले महिला एकल तर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबकी रविना महर्जनलाई ४¬–२ ले पराजित गर्दै उपाधि जितेकी हुन् । आर्मीकी दिया देउलाख र पुलिसकी मन्जु सुवाल तेस्रो भए । राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधि जितेका हुन् । आर्मीका दिप साउन र एपिएफका संयोग कपाली तेस्रा भए ।
युथ अफ तुलसीपुर, दाङ्गको आयोजना भएको प्रतियोगिताको दुवै एकलतर्फका विजेताले ४० हजार, दोस्रोले २० र तेस्रो हुने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गरे । पुस १६ देखि १८ गते सम्म संचालन भएको प्रतियोगितामा महिला टिम ईभेन्ट्समा आर्मीले जित हासिल गर्यो । आर्मीले फाइनलमा एपिएफलाई ३–२ ले पराजित गरेको थियो । पुरुष टिम तर्फ पुलिस पहिलो, आर्मी दोस्रो र एपिएफ तेश्रो भए ।
टिम इभेन्ट्सको दुवैतफैको विजेताले ३०, दोस्रो टोलीले २० हजार र तेस्रो हुने टोलीले ५ हजार रुपैयाँ प्राप्त गर्यो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]