default_image

टेबल टेनिस

December 8, 2020

टिटी प्रशिक्षक पाभेललाई स्याफहौजर पुरस्कार

एजेन्सी – एभीएम टेबल टेनिस क्लबलाई लामो समयदेखि सहयोग गर्दै आएका स्विस प्रशिक्षक पाभेल रेहोरेकले प्रतिष्ठित स्याफहौजर पुरस्कार प्राप्त गरेका छन् । सन् २०१४ यता एभीएम क्लबलाई निरन्तर सहयोग गर्दै आएका ५४ वर्षीय रेहोरेकलाई उनले टेबल टेनिसको विकासमा अनवरत योगदान दिएका कारण पुरस्कृत गरिएको हो । उनले पुरस्कार स्वरूप प्राप्त गरेको २५ हजार स्विस फ्रान्क […]

September 16, 2020

टेबलटेनिस खेलाडीको कोरोना बीमा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गरिदिएको छ । पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको कोरोना बीमा गरिएको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जनाएका छन् । वैद्यका अनुसार सबै प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर तथा टेबलटेनिस केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको पनि कोरोना बीमा गरिएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा […]

September 8, 2020

टेबलटेनिस खेलाडीको कोरोना बिमा गरिने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको जानकारी गराए । शीर्ष १६ खेलाडीमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ, प्रदिप रोक्का, शिवसुन्दर गोथे, विलोस श्रेष्ठ, मनि कुमार लामा, कृष्ण थापामगर, सुनिल महर्जन, एलेक्स […]

August 17, 2020

टेबल टेनिस टोलीलाई सेनिटाइजर सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको खतराका बाबजुद पनि जारी रहेको राष्ट्रिय टेबल टेनिस टोलीको प्रशिक्षणलाई लोमस फर्मास्युटिकलले सेनिटाइजर सहयोग गरेको छ । अखिल नेपाल टेबल टेनिस संघले गत महिना राखेपको निर्देशनपछि प्रशिक्षण सुरु गर्ने निर्णय गरेको थियो । आठौं राष्ट्रिय खेलकुदको प्रि-क्वाटरफाइनल खेलेका महिला र पुरुष खेलाडी गरेर कुल ३२ जनालाई प्रशिक्षणमा […]

August 5, 2020

टेबल टेनिस प्रशिक्षण : २ खेलाडी, ४ प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड-१९) संक्रमणपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्देशनअनुसार अखिल नेपाल टेबल टेनिस संघले बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुने कार्यक्रम राख्यो । नवनियुक्त मुख्य प्रशिक्षक सन्जिव कुमार ढुंगेलले संघसँग छलफलपछि प्रशिक्षण सुरु गर्ने निर्णय गरेका थिए । संघले सुरुवातमा आठौं राष्ट्रिय खेलकुदमा क्वाटरफाइनल […]

June 30, 2020

टेबल टेनिसमा उदाउँदै गरेकी दिक्षा

दिपक बोहोरा, पाँचथर खेलकुदका लागि पूर्व त्यसमा पनि सुनसरी जिल्ला विशेष मानिन्छ । त्यसमा पनि धरानले फुटबल खेलाडी उत्पादनमा अलग पहिचान बनाएको छ । त्यस्तो माहोलमा टेबल टेनिसबाट पनि पूर्वलाई चिनाउने सम्भावना देखाएकी छिन् दिक्षा दाहालले । परिवारको साथ पाएकोले आउने दिनमा अझै राम्रो गर्न सक्ने विश्वास उनले लिएकी छिन् । २०५९ पुसमा जन्मेकी दिक्षाले […]

June 21, 2020

टेवल टेनिस मुख्य प्रशिक्षकमा ढुंगेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।   यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ […]

May 30, 2020

टेबल टेनिस एकेडेमी सुरु गर्दै नविता

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसकी महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले टेबल टेनिसको ऐकेडेमी सञ्चालनको तयारीमा जुटेकी छिन् । काठमाडौंको नयाँ बजारस्थित आफ्नो जग्गामा रहेको घरमा उनले एकेडेमी सञ्चालनको लक्ष्यका साथ काम अघि बढाइरहेकी छिन् । भविष्यमा होस्टलसहितको प्रशिक्षण केन्द्र खोल्ने तयारीमा रहेकी नविताले हाललाई एउटा हल तयार गरिसकेकी छिन् । यसपटक एसईई दिने विधार्थीहरुलाई लक्षित गरेर […]

May 2, 2020

मनकारी एलिनाः पुरस्कारको आधा रकम विपन्नलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कास्यपदक जित्न सफल एलिना महर्जनले आफुले प्राप्त गरेको पुरस्कार रकमको ५० प्रतिशत रकम बराबरको खाद्यान्न सामग्री महामारीको रुपमा लिएको कोरोना भाइरसका (कोभिड–१९) र लकडाउनका कारण विपदमा परेका परिवारलाई हस्तान्तरण गरेकी छिन् । विभागीय नेपाल पुलिसमा कार्यरत एलिनाले सागमा टेबल टेनिसतर्फ […]

February 3, 2020

सफ्टवारिकाका स्यान्टुलाई सम्झना कपमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– सफ्टवारिका कलेजका श्यान्टु श्रेष्ठले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे ।   बिएमसीका राजीव चिकनबन्जार तथा आर्दश विद्या मन्दिर (एभिएम) का संयोग कपाली […]

Success

Thank you for your time.