4 years ago
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रालिलाई ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ ।

एपीएमको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री प्रदान गर्न सामाग्री दिइएको हो । सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई बुधबार एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गरे ।
प्रतियोगितामा पुरुष-महिला सिंगल्ससहित विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै स्पर्धाका विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री पुरस्कारका रुपमा दिइने निर्देशक महताले जनाएका छन् । पुरुष-महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय–२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा सांग्रिला डेभलोप्मेन्ट बैंक लिमिटेड रहेको छ भने सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफकासहित जम्मा ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु भैसेपाटीमा खेलाइने छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]