4 years ago
October 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ ।

लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो ।
दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् । विश्वका १५ राष्ट्रमा यस प्रकारको तालिम पहिलो पटक आयोजना गरिएको कार्यक्रम संयोजक टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जानकारी गराए । विराटनगरमा विकेन थापालाई जिम्मेवारी दिइएको थियो ।
काठमाडौंमा सन्ध्या शाक्य, मुना बासुकला, तेजेन्द्रसिंह महरा, रिता प्रजापति, सुलोचना सिजाख्वाः, नरेश रावल, गीता शाह र नविता श्रेष्ठले खेललगायत विविध पक्ष बारे सहभागीलाई प्रशिक्षण दिएका थिए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सात दिने तालिममा सहभागीहरुको प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
सहभागीलाई संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । कार्यक्रमपछि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्थापना गरिएको दक्षिण एसियाली टेबलटेनिस संघको कार्यालयको पनि अध्यक्ष श्रेष्ठले उद्घाटन गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]