September 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) को आयोजनामा अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता शुक्रबार हुने भएको छ । सेन्ट लरेन्स स्कुलको प्रायोजनमा हुने प्रतियोगितामा ब्वाइज र गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने रेफ्री संयोजक नवीन सिंहले जनाएका छन् । विभिन्न १० विद्यालयबाट ब्वाइज र गल्र्समा समान १०–१० खेलाडीको सहभागिता रहने सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जनले जानकारी […]
August 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवंम कार्यकारी निर्देशक समेत रहेका वैद्य यसअघि संघको अध्यक्ष थिए । ३३ सदस्यीय तदर्थ समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेको राखेपले जनाएको छ । कार्यकाल […]
June 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११–९, ११–३, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरिन् । स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी […]
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । टेबल टेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न हुन लागेको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सेलिशा क्यान्सरबाट पीडित छिन् । प्रतियोगितामा १ सय ७५ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष […]
June 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट पूरा भएको छ । समान २–२ पुरुष र महिला गरी ४ खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् । पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किङ्स टीटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते । पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका […]
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ […]
May 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गार्गी एकेडेमी बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा रितिम तथा गल्र्समा आस्मा पहिलो भएका हुन् । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा रितिमले दरबार हाइ स्कुलका […]
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन् । सो स्पर्धाको महिलामा आदर्श विद्या मन्दिर (एभीएम), […]
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाएका छन् । प्रतियोगितामा १ सय ९० ब्वाइज तथा […]