3 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किङ्स टीटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते ।
पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका मुकेश महर्जन पहिलो, किङ्सकै राजीव महर्जन दोश्रो तथा कास्कीका रुपबहादुर गुरुङ र किङ्सका संघरत्न डंगोल तेश्रो भए ।
पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको प्लेटतर्फ कास्कीका किसन जिसी, ललितपुर टीटी क्लबका निम जोशी तथा रिभाइभ हेल्ट क्लबका सुनिल शाक्य र कास्कीका रविन्द्र कँडेल क्रमशः शीर्ष तीन स्थानमा रहे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, पोखरा महानगरपालिका वडा २ का अध्यक्ष दिवसमान प्रधानाङ्गलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा पुरुष-महिला सिंगल्ससहित ७ स्पर्धामा १ सय ६ खेलाडी सहभागी थिए । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]