default_image

3 years ago

May 19, 2023

रितिम र आस्मालाई स्वर्ण

400 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गार्गी एकेडेमी बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

सिंगल्सको ब्वाइजमा रितिम तथा गल्र्समा आस्मा पहिलो भएका हुन् । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा रितिमले दरबार हाइ स्कुलका शंकर पहारीलाई ११–९, ११–८ र १३–११ को सोझो सेटमा पराजित गरे ।

मोर्डन इन्डियन स्कुल (एमआईएस) विशाल थापा तथा एभरेष्टका आर्यन शाही तेश्रो भए । डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भएको प्रतियोगिताको गल्र्स सिंगल्सको उपाधि भिडन्तमा आस्माले सेन्ट मेरिजकी सुरम्या शाक्यलाई सीधा सेटमा ११–६, ११–६ र ११–८ ले हराइन् ।

एभीएमकी अर्सना महर्जन तथा न्यु सुम्निमाकी अंकिता वज्राचार्य संयुक्त रुपमा तेश्रो भए । दुवै सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३-३ हजार नगद पुरस्कार पाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज टिम इभेन्ट फाइनलमा गार्गी पहिलो भयो । गार्गीले फाइनलमा भासरा माविलाई ३–१ ले पाखा लगायो । एमआईएस र न्यु होराइजन तेश्रो बने । सो स्पर्धाको गल्र्स फाइनलमा एभीएमले प्रभातलाई ३–० ले पन्छ्याउदै पहिलो स्थान हात पा¥यो । स्वस्तिश्री गुरुकुल र भासरा तेश्रो भए ।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जन, स्वर्णिम स्कुलका प्रिन्सिपल सहजी पन्त, कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा मोफसलका २ सहित विभिन्न ३५ विद्यालयका १ सय ९० ब्वाइज तथा ८० गल्र्स गरी जम्मा २ सय ७० खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको १० औं बुटवलमा गर्ने आयोजकले जनाएको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.