default_image

टेबल टेनिस

February 1, 2024

एसियाडकी पदक विजेता एरिकासहित ९ जना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्‌। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा‌ एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]

January 27, 2024

साग लक्षित टेबलटेनिसको प्रशिक्षण सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । ‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गरे । महिला/पुरुषमा शीर्ष १६–१६ वरियताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् । प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय […]

January 22, 2024

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा अर्को साता छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । माघ १६ गते सुरु हुने प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला […]

default_image

December 13, 2023

मोहनदास भेट्रान टेबलटेनिस प्रतियोगिताको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मोहनदास बासुकला थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा मोहनले इन्डोनेसियाका खेलाडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । आफ्नो समूहको पहिलो खेलमा भने मोहन थाइल्यान्डका खेलाडीसंग ३–१ ले चुकेका थिए । मोहनसहित […]

December 12, 2023

वडा नं १६ ललितपुर टेबल टेनिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगितामा वडा नम्बर १६ च्याम्पियन बनेको छ। वडा नम्बर १६ ले कुल ३ स्वर्ण ३ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको […]

December 3, 2023

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २३ हुने

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २३ हुने भएको छ । एकेडेमीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरेको हो । सहप्रायोजक मेटल सेपरले च्याम्पियन्स लिगको रनिङ ट्रफी र अनुमानित बजेटको १५ प्रतिशत रकम अर्थात २ लाख ८५ हजार रुपैयाँ प्रदान गर्ने प्रवन्ध निर्देशक निरज […]

October 27, 2023

सुष्मिता र राजीव अल नेपाल वडा च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – ओखलढुंगा ७ सुष्मिता खड्का र भक्तपुर ५ का राजीव चिकवन्जार शुक्रबार तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा च्याम्पियन बनेका छन् । पुरुषमा राजीव तथा महिलामा सुस्मिता पहिलो भएका हुन् । खेल प्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा सुष्मिताले भुक्तपुर २ की मन्जु सुवाललाई […]

October 23, 2023

एसियाली पारा खेलकुद – टेबल टेनिसमा पराजय

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबल टेनिसमा नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका हुन् । तीनै खेलाडी समान ३–० को नतिजामा चीनका खेलाडीसंग पराजित भए । जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह […]

September 23, 2023

टेबल टेनिसको टिम इभेन्टमा नेपालको चुनौती समाप्त

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको महिला र पुरुष टेबल टेनिस टोली १९ औं एसियाली खेलकुदको टिम इभेन्टमा समूह चरणबाट नै बाहिरिएका छन् । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको दोस्रो खेलमा महिला टोली समूह एफमा दक्षिण एसियाको भारतसँग पराजित हुँदा पुरुष टोलीले उत्तर कोरियासँग हार बेहोरेको हो । दुवै खेलमा नेपाल ३-० ले पराजित […]

September 22, 2023

टेबल टेनिसमा हार, रुविनले जापानी खेलाडीविरुद्ध‌ सेट जिते

हाङ्गचौ (हाम्रो खेलकुद) – १९ अ‍ौें एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालले पहिलो दिन महिला र पुरुष दुवैको टिम इभेन्टमा हार बेहोरेको छ । पुरुषतर्फ जापानसँग ३-१ ले हारेपनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनैपनि खेलाडीले सेट जितेको यो पहिलो अवसर […]

Success

Thank you for your time.