default_image

भलिबल

June 7, 2019

बेथानचोक र नमुना क्वाटरफाइनलमा

काभ्रे (हाम्रो खेलकुद) – आयोजक बेथानचोक ‘ए’ र नमुना प्रगती युवा क्लब दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काभ्रे बेथानचोकमा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा बेथानचोक ‘ए’ ले चौरी देउरादी गाउपालिकालाई २८–२६ र २५–१८ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । अर्काे प्रि–क्वाटरमा नमुना प्रगति युवा […]

June 7, 2019

पुलिसलाई हराउँदै आर्मी फाइनल

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब चौथो प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा आर्मीले पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै पुलिसलाई ३-१ ले पाखा लगाउँदै लगातार चौथो उपाधि जित्ने सम्भावना कायम राख्यो । पहिलोसेट २५-१९ ले गुमाएको आर्मीले […]

June 7, 2019

सेन्ट्रल जोन भलिबलमा उद्योग वाणिज्य महासंघको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद )– दुई महिनापछि नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेशन (एभीसी ) एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि वाणिज्य महासंघले ४० लाख रुपैयाँ प्रदान गरेको हो । महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले संघका अध्यक्ष मनोरञ्जन […]

June 7, 2019

एपीएफलाई हराउँदै गण्डकी प्रदेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सेमिफाईनल खेलमा विभागिय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको पहिलो सेमिफाईनल खेलमा गण्डकीले २५-२३, २१-२५, २५-२३, २९-२७ को जित […]

June 7, 2019

भलिबल स्टार निरुताले आर्मी छाडिन्

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोलीकी महत्त्वपुर्ण सदस्य तथा ओपन स्पाइकर निरुता ठगुन्नाले नेपाली सेनाको जागिर छाडेका छिन् । निरुताले आफ्नो घरायसी समस्या र व्यक्तिगत कारणले आर्मी छाड्नुपरेको हाम्रो खेलकुदलाई जानकारी गराइन् । पछिल्लो दुई वर्षयता निरुता आर्मीको महिला भलिबल टोलीकी महत्वपुर्ण ओपन स्पाइकर बनेकी थिइन् । उनले शेरबहादुर खड्का […]

June 6, 2019

पुलिस र एपीएफ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस समूह ‘ख’ मा अपराजित तथा एपीएफ समूह ‘क’ मा अपराजित रहँदै समूह विजेता बनेर अन्तिमा चारमा पुग्न सफल भएको हो । यससँगै सेमिफाइनल समिकरण […]

June 5, 2019

थ्री स्टार च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार एकडेमी बुढानिलकण्ठ प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पयन बनेको छ । बुधबार भएको फाइनलमा थ्री स्टारले न्युटन हाइ स्कुल बालुवाटारलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बुधबार भएको खेलमा थ्री स्टारले न्युटनमाथि २५–२२, २५–१७, २२–२५ र २५–१९ […]

June 5, 2019

आर्मीको एपीएफसँग हार, गण्डकी पुलिससँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह चरणका अन्तिम खेलमा हार बेहोरेको छ । दुवै टोलीले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका थिए । दुवै टोलीले जित हात पारेको भए आ–आफ्नो समूहको विजेता बन्ने थियो । सैनिक तालिम […]

June 4, 2019

थ्री स्टार र न्युटन उपाधिका लागि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र न्युटन हाइ स्कुल काठमाडौं प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि न्युटनसँगको भेट पक्का […]

June 4, 2019

आर्मी र गण्डकी एक खेल अगावै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित हात पार्दै आर्मी समूह ‘क’ बाट तथा गण्डकी समूह ‘ख’ बाट एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो […]

Success

Thank you for your time.