default_image

भलिबल

June 5, 2019

आर्मीको एपीएफसँग हार, गण्डकी पुलिससँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह चरणका अन्तिम खेलमा हार बेहोरेको छ । दुवै टोलीले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका थिए । दुवै टोलीले जित हात पारेको भए आ–आफ्नो समूहको विजेता बन्ने थियो । सैनिक तालिम […]

June 4, 2019

थ्री स्टार र न्युटन उपाधिका लागि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र न्युटन हाइ स्कुल काठमाडौं प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि न्युटनसँगको भेट पक्का […]

June 4, 2019

आर्मी र गण्डकी एक खेल अगावै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित हात पार्दै आर्मी समूह ‘क’ बाट तथा गण्डकी समूह ‘ख’ बाट एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो […]

June 3, 2019

थ्री स्टार र स्पाइरल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र पोखराको स्पाइरल ग्यालेक्सी स्कुल राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेव र न्युटन हाइ स्कुल पनि अन्तिम चारमा पुग्न सफल भए । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबा भएको खेलमा थ्री स्टारले भक्तपुरको स्पिङडेल हाइ स्कुललाई ३–१ […]

June 3, 2019

आर्मी र गण्डकीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा सोमबार भएको खेलमा यसअघिको तीनै संस्करणको च्याम्पियन आर्मीले प्रदेश १ माथि ३–० को सहज जित निकाल्दै समूह ‘क’ […]

June 2, 2019

स्पाइरल र विद्यामन्दिर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको स्पाइरल ग्यालेक्सी स्कुल र विद्यामन्दिर बाग्लुङ राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको खेलमा स्पाइरलले गीतान्जली कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । स्पाइरलले पहिलो सेट २५–२१ […]

June 2, 2019

मानबहादुर फर्कंदा आर्मीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय कारवाहीमा परेपछि दुई प्रतियोगिता गुमाएका कप्तान मानबहादुर श्रेष्ठले पुनरागमन गरेको खेलमा साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल विजयी शुरुवात गरेको छ । विभागीय कारवाहीमा परेपछि मानबहादुरले आठौं बृहत् राष्ट्रिय खेलकुद र पाथिभारा पुरुष भलिबल प्रतियोगिता गुमाएको थियो । सैनिक तालिम तथा खेलकुद […]

June 1, 2019

सेव र न्युटन क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र न्युटन हाई स्कुल राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शननिबार भएको खेलमा सेवले एन्जल्र्स हर्ट कलेजलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । सेवले पहिलो सेट […]

June 1, 2019

लेभल वान कोचेज कोर्समा रोशनी सर्वाेत्कृष्ट, मन्जु र सरोजलाई पुर्ण अंक

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षकको रुपमा रहेकी रोशनी राई ओलम्पिक सोलिडारिटी अन्तरगतको लेभल वान कोचेज कोर्षमा सर्वाेत्कृष्ट बनेकी छन् । नेपाल ओलम्पिक कमिटिको सहकार्य, नेदरल्याण्ड भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा ५ दिनसम्म संचालन भएको कोर्समा ४० जना प्रशिक्षार्थीलाई पछि पार्दै रोशनी सर्वाेत्कृष्ट बनेको हो । उनले सैद्धान्तिक […]

May 31, 2019

थ्री स्टार र सेव प्रि–क्वाटरफाइनलमा

काठमाडौं १७ जेठ । थ्री स्टार एकेडेमी बुढानिलकण्ठ र सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सामाखृुशी राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपाकैस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार नयाँबसपार्कमा भएको खेलमा थ्री स्टार एकेडेमीले मणिमुकुन्द कलेज बुटवललाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम १६ को […]

Success

Thank you for your time.