default_image

भलिबल

June 15, 2019

कुलबहादुरको टोलीले ईमको टोलीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको मैत्रीुपर्ण खेलमा राष्ट्रिय टोलीका उपकप्तान कुलबहादुर थापाको कप्तानीमा रहेको नेपाल नीलो  विजयी भएको छ । नेपाल नीलोले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ईमबहादुर रानाको कप्तानीमा उत्रिएको नेपाल रातोलाई २–१ को सेटमा पराजित गरेको हो । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद बिकास केन्द्रको कभर्डहलमा […]

June 14, 2019

राष्ट्रिय भलिबल टोलीको मैत्रीपूर्ण खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले आगामी साउन अन्तिम साता सुरु हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि तयारी सुरु गरिसकेको छ । यसैक्रममा ओलम्पिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टोलीलाई ‘रातो’ र ‘नीलो’ टोलीमा विभाजन गरेर मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल भलिबल संघले आयोजना गर्न लागेको खेलमा राष्ट्रिय टोलीका खेलाडी […]

June 14, 2019

अपराजित रहँदै होङ्ग्वान्जी न्यु डायमन्ड सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद)- उपाधिको दावेदार होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले शुक्रबार दोहोरो जित निकाल्दै एक खेल अगावै प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा डायमन्डले शुक्रबार सिन्धुपाल्चोक भलिबल टिम र विभागीय नेपाल पुलिस क्लबमाथि समान ३–० को सहज जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान […]

June 13, 2019

पुलिसको विजयी सुरुवात

नुवाकोट (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले नुवाकोटमा बिहीबारदेखि सुरु भएको प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको पुलिसले आयोजक विदुर नगरपलिकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरेको हो । एकपक्षीय बनेको खेलमा पुलिसले विदुरमाथि २५–९, २५–१५ र […]

June 13, 2019

‘न्यू डायमन्डले खेल सिकायो, एपीएफले खेलाडी बनायो’ – रेश्मा

प्रकाश तिमल्सिना, काठमाडौं नेपालको भलिबल पछ्याउनेका लागि एपिएफकी रेश्मा भण्डारी नयाँ नाम होइनन् । घरेलु भलिबलमा लगभग एकछत्र राज गर्दै आएको एपिएफको महिला भलिबल टोलीकी नियमित र महत्त्वपूर्ण सदस्य हुन् रेश्मा । उनी राष्ट्रिय महिला भलिबल टोलीकी पनि सदस्य हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेपछि […]

June 11, 2019

डच प्रशिक्षक एबिङले नेपाली टोली सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षकमा नेदरल्यान्डका पुर्व खेलाडी तथा प्रशिक्षक हान एबिङ नियुक्त भएका छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्यान्डका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको हो । उनको सम्झौता ३ महिनाको रहेको […]

June 10, 2019

आर्मीका भैरव सर्वाेत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन त्रिभुवन आर्मी क्लबका भैरव बम चौथो संस्करणको प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आर्मीलाई लगातार चौथोपटक च्याम्पियन बनाउन भैरवले उच्च प्रदर्शन गरेका थिए । फाइनलमा आर्मीले गण्डकीलाई ३-१ ले पराजित गर्दा भैरवले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेसँगै भैरवले एक थान पल्सर […]

June 10, 2019

प्रधानसेनापति भलिबलमा आर्मी लगातार चौथो पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब लगातार चौथो पटक प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । लगनखेलस्थित घरेलु कोर्टमा सोमबार भएको फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई ३-१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । १६-२५, २५-८, २५-१० र २५-१६ लेहाफ्नाे पक्षमा पार्दै उपाधि रक्षा गरेकाे हो । उपाधिसँगै आर्मीले ३ […]

June 10, 2019

प्रधानसेनापति भलिबल फाइनलः आर्मी कि गण्डकी ?

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज सोमबार हुँदैछ । फाइनलमा घरेलु तथा यसअघिको तीन संस्करणको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा अपरान्ह ४ बजेपछि शुरु हुने आयोजक नेपाली सेनाले जनाएको छ । गतवर्ष पनि यि दुई […]

June 9, 2019

खानीखोलालाई बेथानचोक भलिबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)– खानीखोला गाँउपालिका ए ले बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक २ ढुंखर्कमा आइतबार भएको फाइनलमा नमुना प्रगति युवा क्लबलाई ३–२ ले हराउँदै खानीखोलाले उपाधि जितेको हो । खानी खोलाले २५–२३, १६–२५, २५–१९, २२–२५, १५–१२ को जित दर्ता गर्दै उपाधिसहित ४० हजार, नमुनाले २५ हजार तथा सेमिफाइनलमा […]

Success

Thank you for your time.