default_image

3 years ago

February 13, 2021

पुलिस र एपिएफ उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि आज शनिबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो १२ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै पुलिस वर्षको पहिलो उपाधि जित्ने दाउमा हुनेछ […]

48 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि आज शनिबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो १२ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै पुलिस वर्षको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । पुलिसले लिग चरणमा एपिएफमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो ।

कोरोना महामारी अघि पुलिसले गत वर्ष फागुनमा नेपालगन्जमा भएको प्रधानमन्त्री कप भलिबलमा एपिएफलाई हराउदै उपाधि जितेको थियो । उक्त प्रतियोगिता र कोरोनापछि भएको यो नै पहिलो ठुलो प्रतियोगिता हो ।

टोलीमा कप्तान कोपिला उप्रेती, कमला पुन, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, कोपिला राना र पुनम चन्दलगायतको खेलाडीको साथ रहेको छ ।

यता, एपिएफ पनि लिग चरणमा भोगेको हारको बदला लिदै वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा कमजोर सुरुवात गरेपनि लय समातेको एपिएफसँग सरस्वती चौधरी, रेश्मा भण्डारी, बिनिता बुढाथोकी, हीरा केसी, उषा विष्ट, निरुता ठगुन्ना, रस्मिता दुरा, यमुना रसाइली, मनिषा तामाङ र पुजा चौधरीको साथ रहेको छ ।

राउन्ड रोविन लिगमा पुलिस ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गर्दा ५ अंक जोडेर दोस्रो हुदै एपिएफले फाइनलमा स्थान बनाएको थियो । समान ५ अंक नै भएपनि सेटको आधारमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो स्थानमा रहँदै फाइनलमा पुग्नबाट बञ्चित भएको थियो ।

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.