default_image

भलिबल

May 31, 2019

थ्री स्टार र सेव प्रि–क्वाटरफाइनलमा

काठमाडौं १७ जेठ । थ्री स्टार एकेडेमी बुढानिलकण्ठ र सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सामाखृुशी राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपाकैस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार नयाँबसपार्कमा भएको खेलमा थ्री स्टार एकेडेमीले मणिमुकुन्द कलेज बुटवललाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम १६ को […]

May 30, 2019

न्युटन र एन्जल्स हर्ट समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – न्युटन हाइ स्कुल र एन्जल्स हर्ट कलेज प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको राउन्ड अफ ३२ मा प्रवेश गरेका छन् । न्युटन समूह ‘के’ बाट तथा एन्जल्र्स समूह ‘आई’ बाट समूह विजेता बन्दै अन्तिम ३२ मा पुग्न सफल भएको हो । समूह ‘के’ बाट नवोदित कलेज र ‘आई’ […]

May 30, 2019

प्रशिक्षक राईसहित चार खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल महिला भलिबलका प्रशिक्षक कुमार राईसँगै चार खेलकर्मी बिहीबार सम्मानित भएका छन् । इरा इन्टरटेनमेन्टले विभिन्न खेलहरुमा आफ्नो माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै प्रशिक्षक राईसहित ४ जनालाई सम्मानित गरेको हो । सम्मानित हुनेमा भलिबलका कुमार राई, तेक्वान्दोका नोर्वु लामा, बडिबिल्डिङका महेश्वर महर्जन र रेस्लिङका कमल लामा (नुवाकोटे टाइगर) रहेका […]

May 29, 2019

न्युटनको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – न्युटन कलेजले राजधानीमा बुधबारबाट शुरु भएको प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको कोर्टमा बुधबार भएको समूह ‘के’ को खेलमा न्युटनले मनासुलु स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । एकपक्षीय खेलमा न्युटनले मानसुलुमाथि […]

May 29, 2019

भलिबललाई वाणिज्य बैंकको थप २ वर्ष प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय वाणिज्य बैंकले नेपाल भलिबल संघलाई निरन्तर प्रायोजन गरेको छ । यसअघि दुई वर्ष प्रायोजन गरेको राष्ट्रिय वाणिज्य बैंकले संघलाई थप दुईवर्षको नयाँ सम्झौता गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै […]

May 28, 2019

मानबहादुर राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमै परेनन्

सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठलाई बाहिर राख्दै १३ औं दक्षिण एसियाली सागका लागि पुरुष राष्ट्रिय भलिबल टोलीको प्रारम्भिक छनोट घोषणा गरिएको छ । नेपाल भलिबल संघले दिएको २५ सदस्यीय प्रारम्भिक छनोटमा त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका मानबहादुर अटाएका छैनन् । विभागीय कारवाहीका कारण आठौं राष्ट्रिय खेलकुदमा सहभागी नभएका मानबहादुरलाई राष्ट्रिय […]

May 28, 2019

कप्तान विनिता र उपकप्तान मन्जु प्रारम्भिक छनोटबाटै बाहिरिए

सुबास हुमागाईं, काठमाडौं नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलाई बाहिर राख्दै दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको २५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक भएको छ । नेपाल भलिबल संघले टोलीमा अनुभवी खेलाडी नेविका चौधरी र कोपिला उप्रेतीलाई पनि बाहिर राखेको छ । त्यसैगरी विभागीय टोली पुलिसकी […]

May 28, 2019

बेथानचोक भलिबल अर्को साता

बनेपा (हाम्रो खेलकुद)– दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकाको आयोजना हुने प्रतियोगितामा काभ्रे र ललितपुरका गरि १५ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताका संयोजक प्रमोद तिमल्सिनाका अनुसार काभ्रका १२ र ललितपरका ३ टोलीको सहभागिता रहने अनुमान गरिएको […]

May 28, 2019

कलेजस्तरीय पुरुष भलिबलको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम राष्ट्रिय एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आ जेठ तेस्रो सातादेखि हुने भएको आयोजकले जनाएको छ । बुधबारदेखि आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरलु मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराए । प्रतियोगितालाई ढोरपाटन स्पोर्टस् क्लबको व्यवस्थापन […]

May 27, 2019

आर्मीका कप्तान मानबहादुर टोलीमा फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठ विभागीय कारवाहीपछि टोलीमा फर्किएका छन् । मानबहादुरले नेपाली सेनाको आयोजनामा हुने चौथो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताबाट पुनरागमन गर्न लागेका हुन् । प्रधानसेनापति भलिबल १९ जेठबाट २३ जेठसम्म लगनखेलमा आयोजना हुँदैछ । […]

Success

Thank you for your time.