default_image

2 years ago

September 16, 2022

खेल गतिविधि सहित सम्पूर्ण अपडेट ‘नेपाली पात्रो’ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि लगायत अन्य ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग आम दर्शकलाई जोड्न ‘नेपाली पात्रो’ ले आफ्नो नयाँ सुविधा सहितको एप सार्वजनिक गरेको छ । नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू […]

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि लगायत अन्य ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग आम दर्शकलाई जोड्न ‘नेपाली पात्रो’ ले आफ्नो नयाँ सुविधा सहितको एप सार्वजनिक गरेको छ ।

नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ । प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको छ ।

यस नयाँ भर्जन अगाडी समेत रहेको आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन व्यवस्थित, अझै सजिलो ब्यवस्थापन गर्न सकिने सुविधा थपेको छ । प्रयोगकर्ताले लगईन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका संचार गृह र आफ्नो रुचि मात्रका सामाग्रीहरु प्राप्त गर्नुहुनेछ ।

नयाँ अपडेटबारे ‘नेपाली पात्रो’का सिइओ सन्तोष देवकोटा भन्नुहुन्छ, ‘नेपाली पात्रो’ समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरुलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा तथा अनुभव पाउनुहुनेछ । राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरु केवल एक क्लिकमा प्राप्त गर्न त सकिन्छ नै समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नविन प्रयोग गरिएको छ । यो साँच्चै गज्जब छ! तपाइलाई मनपर्ने र नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ अपडेट गर्न ढिला नगर्नुहोस् ।

के छ नयाँ अपडेटमा ?

नयाँ डिजाइनः सरल, सफा र सुधारिएको फरक डिजाइन नयाँ अपडेटको विशेषता हो । जसको मुख्य पानाको माथिल्लो भागमा प्रमुख विशेषताहरु समेटिएका छन् । जस्तै यस भागमा समाचार खोज्ने देखि लिएर समाचार बुकमार्क गर्ने, समाचार नोटिफिकेशन र भाषा सेटिङ राखिएको छ भने ९ वटा विषयवस्तु (क्याटोगरी) सहितको स्मूथ ट्याब संलग्न गरिएको छ । सोही ट्याबको तल्लो भागमा क्रमशः तस्वीर सहितको गोलाकार आइकनमा ट्रेन्डिङ विषयहरु समावेश गरिएका छन् ।

बुकमार्कः आफ्नो रोजाइका विषयगत समाचार सामाग्रीहरु केवल समाचार होइनन ति भनेका एउटा कालखण्ड, समय, विशेष क्षण, खोजमूलक, तथ्यपरक महत्वपूर्ण जानकारी पनि हुन । धैरेले यस्ता सामाग्रीका समाचार लिंकहरु नोटप्याडमा, कतै इमेलमा संग्रह गरेर राख्ने गर्नुहुन्छ । यसकै समाधान भनेको बुकमार्क सुविधा हो। नेपाली पात्रो लगइन गरे पनि नगरेपनि बुकमार्क सुविधालाई प्रयोग गर्न सकिन्छ । लगइन गरेका प्रयोगकर्ता र लगइन नगरेका प्रयोगकर्ता मध्ये लगइन गरेका नेपाली पात्रो प्रयोगकर्ताहरुले आफूले बुकमार्क गरी सेभ गरेका कुनै पनि समाचार भविष्यमा जुनसुकै मोबाइलमा सोही लगइन आइडीबाट लगइन गरेको खण्डमा सबथोक उही अवस्थामा भेटिनेछ भने लगइन नगरी बुकमार्क गर्ने प्रयोगकर्ताहरुले केही कुनै कारणले नेपाली पात्रो पुनःइन्स्टल गर्नुभएमा अथवा मोबाइल परिवर्तन गरी नयाँ नेपाली पात्रो इन्स्टल गर्नुभएमा सुरक्षित राखिएका बुकमार्क सामाग्रीहरु देखिनेछैनन् ।

उपयोगी फुटर ट्याबः त्यस्तै फुटर भागमा समाचार, ट्रेन्डिङ, तपाइको लागि, नोटिफिकेशन तथा अन्य सुविधा समेटिएको छ । समाचार ट्याबले ९ वटा विषयवस्तु (क्याटोगरी) समेटने विभिन्न समाचार स्रोतहरुका ताजा समाचारलाई देखाएको छ भने ट्रेन्डिङ ट्याबले नेपाली पात्रो एपमा सबैभन्दा बढी पढिएका र चर्चामा रहेका समाचारहरु देखाएको छ ।

ट्रेन्डिङ समाचारः प्रचलन तथा चर्चामा रहेका समाचार सामग्री खोज्ने तथा ट्रेन्डिङ समाचार मनपराउनेहरूको लागि नेपालमै पहिलो पटक क्लिकको संख्या र धेरै मानिसहरूको पहुँचको आधारमा एपको ट्रेन्डिङ समाचार सार्वजनिक गरेको हो । प्रत्येक समाचार कभरमा चित्रित आँखा चिन्ह मार्फत, नया अपडेटेड समाचार UI ले तपाइलाई कुन ट्रेन्डिङ समाचार कति प्रयोगकर्ताले पढे, हेरे भन्ने संख्यालाई हरेक ट्रेन्डिङ समाचारको तस्विरमा आँखा चिन्ह संगै देखाइएको छ ।

तेस्रो फुटर ट्याबः फुटर भागको तेस्रो सुविधा भनेको तपाइको लागि (पर्सनलाइजेशन) सुविधा हो र यो गज्जब छ । यसमार्फत् प्रयोगकर्ताले आफूलाई मनपर्ने विश्वस्नीय समाचार स्रोतहरुमात्रको समाचार हेर्नका लागि विभिन्न समाचार स्रोतहरु छनोट गर्न सक्नेछन् भने आफ्नो रोजाइका विषयवस्तु (क्याटोगरी)हरु मात्रका समाचार पनि छनोट गर्न सक्नेछन् । यसका लागि फेसबुक, गुगल अथवा इमेल आइडीबाट नेपाली पात्रोको समाचार सेवा लगइन गर्न आवश्यक छ।

चौथो फुटर ट्याबः यसमा नोटिफिकेशन राखिएको छ । सबैलाई नोटिफिकेशन मन नपर्न सक्छ । ति प्रयोगकर्ताहरुका लागि स्मार्ट समाधानको रुपमा ‘सेभ्ड नोटिफिकेशन’ सुविधा सार्वजनिक गरिएक छ । आफ्नो मोबाइल सेटमा नोटिफिकेशन आएको मन नपराउने अथवा कुनै महत्वपूर्ण नोटिफिकेशन मेरो आज कुनै छुट्यो भनेर दिक्क मान्ने दुवै खाले प्रयोगकर्ताहरुका लागि निःशर्त व्यवस्थित तथा हो-हल्ला नगर्ने ‘सेभ्ड नोटिफिकेशन‘ को सुविधा समेटेको छ । जसमा नोटिफिकेशन अफ गरेर समाचार हेर्ने प्रयोगकर्ताहरुले आफ्नो समय अनुकूल जुनसुकै समयमा नोटिफिकेशन ट्याबमा गएर दिनभरीका महत्वपूर्ण समाचारका नोटिफिकेशन प्राप्त गर्न सक्नुहुनेछ । यस नोटिफिकेशन ट्याबमा देखिने समाचारहरु क्लिक नभएको अथवा नपढिएको भएमा समाचार फोटोमा निलो रङ सहितको गोलो घेरा संकेतको रुपमा रहेको छ भने त्यो निलो घेरा त्यसबेला मात्र हट्ने छ जतिबेला तपाईंले त्यस समाचार नोटिफिकेशनलाई क्लिक गर्नुहुनेछ । यस सुविधाले तपाइले कुन नोटिफिकेशन पढ्नु भो या पढ्नुभएको छैन भन्ने कुरा सम्झाइरहने छ ।

पाँचौ फुटर ट्याबः ‘’नेपाली पात्रो”का अन्य ताजा अपडेट, सुविधाहरु तथा नविन अविष्कारहरुलाई विविध सुविधाहरुको रुपमा यस ‘अन्य’ ट्याबमा समेटिने छन् ।

शीर्ष १० समाचारः यो सुविधा नयाँ अपडेटेड समाचार सुविधामा समावेश गरिएको छ । जसले देश तथा विदेशका १० महत्वपूर्ण समाचारलाई स्वचालित ढंगले संग्रहित गरी देखाउने छ । नेपाली पात्रो एपको विभिन्न विषयवस्तु (क्याटोगरी)मा बढी खोजिएका उस्तै खालका शीर्षक तथा समाचारहरुलाई छुट्याएर एपले शीर्ष १० समाचार तथा तपाईंलाई मनपर्नसक्छ शीर्षक मार्फत समाचार सुझाउने छ ।

सन् २००६ मा प्रथम पटक सार्वजनिक गरिएको ‘नेपाली पात्रो’ हाल एक करोड डाउनलोडको नजिक पुगेको र आगामी ६ महिनामा विविध नविन प्रयोग सहितका सुविधाहरु थप्ने योजनामा रहेको छ । हल  दैनिक रुपमा १३ देखि १४ लाख दैनिक प्रयोगकर्ताहरुले नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी लिदै आएका छन् । ‘नेपाली पात्रो’बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साईत / मुहु्र्त घडी पलाहरुको सम्पुर्ण जानकारीहरु सजिलै हाम्रो वेबसाइटबाट, अथवा तपाईंको स्मार्टफोनमा डाउनलोड गरी संसारको जुनसुकै कुनाबाट सजिलैसंग प्राप्त गर्न सकिन्छ ।

‘नेपाली पात्रो’ प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमैं केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली / जन्मपत्री / जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरुको उपयोग गरिएको) बनाउन सक्नुहुनेछ ।

तपाईंले Android मा अपडेटेड भर्जन ६.४.२ तथा iOS मा भर्जन ६.३.० डाउनलोड गर्न सक्नुहुन्छ ।

April 9, 2024

नबिल बैंकलाई फारवेस्टर्न कर्पोरेट क्रिकेट उपाधि

महेन्द्रनगर (हाम्रो खेलकुद) – नबिल बैंक लिमिटेडले ‘फारवेस्टर्न कर्पोरेट क्रिकेट’ च्याम्पियनसिपको उपाधि जितेको छ । स्टार प्रोडक्सनले आयोजना गरेको फारवेस्टर्न कर्पोरेट क्रिकेट कप प्रतियोगिताको पाँचौं संस्करणको फाइनल खेलमा महेन्द्रनगर मा.वि. लाई ४ विकेटले पराजित गर्दै नबिल बैंकले च्याम्पियन बनेको हो। नबिल बैंकका नीरज भट्ट फाइनलको प्लेयर अफ द म्याच घोषित भएका थिए । गणेश बहादुर […]

July 16, 2023

स्की संघको अध्यक्षमा श्रेष्ठ यथावत्

काठमाडौं (हााम्रो खेलकुद)– नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले अध्यक्षमा जीवनराम श्रेष्ठलाई निरन्तरता दिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठको को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । श्रेष्ठ स्की संघको गठन भएदेखि नै अध्यक्ष रहेका छन् । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले उपाध्यक्षमा राजाबाबु […]

April 27, 2023

इन्द्रेणीको फिटनेस सेन्टर पुनः सन्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्रेणी स्विट होटलको फिटनेस एन्ड स्पा पुनः सन्चालनमा आएको छ । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र कलाकार किरण केसीले फिटनेस एन्ड स्पाको बिहीबार उद्घाटन गरेका छन् । डेढ वर्ष अघि फिटनेस सेन्टरमा आगलानी भएको थियो । इन्द्रेणीका अध्यक्ष शम्भु श्रेष्ठले विगतमा भन्दा पनि सुविधाजनक फिटनेस र स्पा सेन्टर सुरु गरिएको जानकारी […]

Success

Thank you for your time.