4 years ago
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर इन्दु बर्माले कतारसँगको पहिलो टि२० आई खेलमा नेपालको लागि ऐतिहासिक अर्धशतक प्रहार गरेकी छिन् । कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।

इन्दु बर्मा ४७ बलमा ५ चौका सहित ५५ रनमा अविजित छिन् । इन्दुले ४५ बलमा अर्धशतक पूरा गर्दै नेपालका लागि डब्लूटि२० आईमा पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान राखेकी हुन् । यसअघि डब्लूटि२० आई मा नेपाली महिला टोलीबाट उच्च प्रदर्शन सीता राना मगरको नाममा इन्डोनेसियाविरुद्ध २०१९ मा ४८ रन थियो । सीता आजको खेलमा ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् ।
दोस्रो विकेटका लागि इन्दु बर्मा र सीताले ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपाली महिला टि२० आई खेलमा बनेको हालसम्मकै उच्च साझेदारी हो । यसअघि इन्दु र सीतालेनै दोस्रो विकेटका लागि इन्डोनेसियाविरुद्ध गरेको ७० रनको साझेदारी उच्च थियो । सबिजा प्रनाायनको १२ औं चौथो बलमा विकेटकिपर रिज्फा बानोबाट स्टम्पिङ आउट भएपछि सीता अर्धशतक बनाउन चुकेकी थिइन् । दुई बलपछि कप्तान रुविना क्षेत्री बेलबास शून्यमा रन आउट भएकी थिइन् ।
नेपालले ओपनर काजल श्रेष्ठलाई दोस्रो ओभरको पाँचौं बलमा ब्यक्तिगत ३ रनमा गुमाएको थियो । एन्जेलिन मारेको बलमा काजल कटएण्ड बोल्ड आउट भएकी थिइन् । सरिता मगर १६ रनमा अविजित छिन्।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]