4 years ago
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी शीर्षक्रमकी ब्याटर इन्दु बर्मा कतारसँगको पहिलो डब्लूटि२० आई खेलमा प्लेयर अफ द म्याच चुनिएकी छिन् । नेपाललाई सानदार जित दिलाउन इन्दुले कीर्तिमानी अर्धशतक प्रहार गरेकी थिइन् ।

मंगलबार नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको छ । इन्दुले ४७ बलमा ५ चौका सहित ५५ रनको अविजित इनिङ खेल्दै रिटायर्ट हर्ट भएकी थिइन् । इन्दुको अर्धशतकमा दोहामा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । इन्दु बाहेक नेपालबाट सीता रानामगरले ३३ बलमा ५ चौका सहित ३९ र सरिता मगरले २१ बलमा २ चौका सहित २१ रन बनाएका थिए ।
जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भयो । कतारकी खादिजा इम्तियाज र एन्जेलिन मारेले सर्वाधिक ८(८ रन बनाए । नेपालको उत्कृष्ट बलिङ सामु घरेलु टोली कतारका ७ खेलाडीले खाता नखोली आउट भएका थिए । नेपालको घातक बलिङ सामु कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।
इन्दु नेपालका लागि डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । इन्दु अघि नेपाली महिला टोलीको टि२० आईमा उच्च प्रदर्शन सीता राना मगरको नाममा सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ४८ रन थियो । तीन डब्लूटि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । नेपालले कतारसँग दोस्रो खेल बुधबार र तेस्रो खेल बिहीबार खेल्नेछ । नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो ।
यो पनि : कतारमाथि नेपालको सानदार जित
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]