default_image

4 years ago

November 17, 2021

एक खेल अगावै ऐतिहासिक सिरिज जित्ने सोचमा नेपाल

438 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन डब्लूटि२० आई सिरिज अन्तर्गत दोस्रो खेल आज खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा सुरुहुनेछ । नेपाल एक खेल अगावै ऐतिहासिक सिरिज जित्ने सोचमा छ ।

पहिलो डब्लूटि२० आई खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै सिरिजमा १–० को अग्रता लिएको छ । नेपालले कमजोर कतारमाथि एक खेल अगावै सिरिज जित्न चाहन्छ । महिला टोलीले खेलेको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो । नेपाललाई पहिलो खेलमा फराकिलो जित दिलाउन इन्दु बर्माले ४७ बलमा ५ चौका सहित ५५ रनको अर्धशतकीय इनिङ खेलेकी थिइन् ।

इन्दु नेपाली महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । सीता रानामगर ३९ र सरिता मगर २१ रनमा आउट भएका थिए । कप्तान रुविना क्षेत्री बेलबासे र ओपनर काजल श्रेष्ठ आजको खेलमा ठूलो इनिङ खेल्न चाहन्छन् ।

आजको खेलमा नेपालले आफ्ना केहि खेलाडीलाई विश्राम दिँदै अन्यलाई मौका दिने सम्भावना छ । बलिङतर्फ रुविनाले ३, कविता कुँवर र सीताले २(२ विकेट लिएका थिए । कतारका ७ खेलाडी शून्यमा आउट भएका थिए । कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भएको थियो । कतार बलियो नेपालसँग सिक्न चाहनेछ । नेपाल र कतारबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । शुक्रबार नेपाल युएईतर्फ लाग्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउने छन् । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि : नेपालको फराकिलो जितमा बनेका चार कीर्तिमान

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.