default_image

4 years ago

November 18, 2021

सीताको उत्कृष्ट ब्याटिङमा नेपालको कीर्तिमानी योगफल

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान तथा बायाँ हाते ओपनर सीता रानामगरको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कतारलाई १ सय ६५ रनको कीर्तिमानी लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।

नेपाली महिला टि२० आईमा यो हालसम्मकै उच्च योगफल हो । यसअघि कतारसँग पहिलो खेलमा नेपालले बनाएको १ सय ४६ रन उच्च थियो । नेपाललाई बलियो योगफलमा पुर्याउन सीता रानामगर ७२ बलमा ७ चौका सहित सर्वाधिक ८२ रनमा अविजित रहिन् । यो नेपाली महिला टि२० आईमा एकै खेलमा ब्यक्तिगत उच्च प्रदर्शन हो ।

सीताले इन्दु बर्माको ५५ रनको कीर्तिमान तोडेकी हुन् । सीताले ४७ बलमा आफ्नो डब्लूटि२० आई खेलमा पहिलो अर्धशतक पूरा गरेकी थिइन् । सीता नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । यसअघि कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रन बनाउँदै नेपाली महिला क्रिकेटको डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान रचेकी थिइन् । कतारसँग दोस्रो खेलमा कप्तान रुविना क्षेत्री बेलबासेले ५० रनको इनिङ खेलेकी थिइन् ।

ओपनर सीता र काजल श्रेष्ठले पहिलो विकेटका लागि ४.४ ओभरमा ३२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । काजललाई एन्जेलिन मार्वेले विकेटकिपर श्रुतिबेन राणाबाट ७ रनमा क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि ज्योति पाण्डे र सीताले ६७ रनको साझेदारी गरेका थिए । ज्योति २० बलमा १ चौका सहित २४ रनमा आउट भइन् ।

ओपनर काजल श्रेष्ठ ७ रनमा आउट भएकी थिइन् । ज्योति साची धडवलको बलमा रिज्फा बानोबाट क्याच हुन पुगेकी थिइन् । कप्तान आयशाले डली भट्टलाई १२ रनमा बोल्ड आउट गरिन् । सरिता मगर ११ बलमा १ चौका सहित ११ रनमा अविजित रहिन् ।

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.